Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शतप्रतिशत हकप्रद पारित गर्न सप्तकोसीले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

२०७३ मंसिर २९ गते
सेयर:

सप्तकोसी डेभलपमेन्ट बैंकले हकप्रद सेयर पारित गर्न पुस २८ गते साधारणसभा बस्ने भएको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्दैछ । बैंकले एक सय रुपैयाँ अंकित दरमा १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हकप्रद र साधारणसभा प्रयोजनका लागि बैंकले पुस ८ गतेदेखि २८ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने जानकारी गराएको छ ।  

saptakoshiहाल सप्तकोसीको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी २० करोड रुपैयाँ पुग्नेछ ।