बैंकिङ खबर/ हरेक कम्पनीहरुको सञ्चालक समितिमा महिला सहभागिता हुनैपर्ने सरकारी प्रावधान छ । जुनसुकै कम्पनीहरुमा पनि महिला सहभागिता गराउने धेयका साथ यस्तो प्रावधान राखिएको हो । तर पनि कतिपय संस्थाहरुमा महिला सहभागिता अझैपनि न्यून देखिएको छ ।
समग्र आर्थिक तथा सामाजिक विकासका लागि महिलाको महत्वपूर्ण भूमिका रहन्छ । बैंकिङ क्षेत्रमा पनि महिला सहभागिता न्यून देखिएको छ । बैंकका सञ्चालक तथा कार्य समितिमा महिला सहभागीता नहुनु दुःखद् कुरा हो ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको सञ्चालकमा महिला सहभागीता न्यून रहेको छ । वाणिज्य बैंकहरुमध्ये तीन वटा बैंकमा महिला सञ्चालक नै छैनन् भने बाँकी १७ बैंकमा दुई जनाभन्दा बढी सहभागिता छैन ।
२० वाणिज्य बैंकमा १२९ जना सञ्चालक छन् । जसमध्ये पुरुष १०९ जना हुँदा महिला २० जना मात्रै छन् । कम्पनी ऐनले कुनै पनि पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तीमा एक जना महिला अनिवार्य गरेको छ । जसअनुसार नेपालका वाणिज्य बैंकहरूको सञ्चालक समितिमा पनि कम्तीमा एक एक जना महिला हुनुपर्ने हो । तर, केही बैंकको सञ्चालक समिति महिलाविहीन छ ।
राष्ट्रिय वाणिज्य बैंकमा ५ जनाको सञ्चालक समिति छ । सञ्चालक समितिमा महिलाको सहभागिता शून्य छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५ जना सञ्चालक समितिमा एक जना पनि महिला छैनन् । राष्ट्रिय वाणिज्य बैंकले पनि सञ्चालक समितिमा महिला राखेको छैन ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समितिमा महिला नै छैनन् । ५ जना सञ्चालक समिति रहेको यस बैंकमा सबै पुरुष मात्रै छन् । ऐनले गरेको व्यवस्था अनुसार १४ वटा वाणिज्य बैंकले एक/एक जना महिलालाई सञ्चालक समितिमा राखेका छन् ।
नेपाल बैंकमा पाँच जनाको सञ्चालक समिति छ । जसमा एक जना मात्रै महिला रहेकी छिन् । बैंकको सञ्चालक समितिको निर्देशकमा साधना घिमिरे रहेकी छिन् । उनी सरकारबाट प्रतिनिधित्व गर्दै निर्देशक बनेकी हुन् ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको सञ्चालक समितिको निर्देशकमा भगिरथी भट्टराई ज्ञवाली छिन् । नबिल बैंकको सञ्चालक समिति सदस्यमा सरिता भट्ट अधिकारी छिन् भने हिमालयन बैंकमा जस्मिन हडा बज्राचार्य छिन् । यसका साथै एभरेष्ट बैंकको सञ्चालक समितिमा उर्मिला श्रेष्ठ छिन् ।
सानिमा बैंकको महिला सञ्चालक समितिको निर्देशकमा गायत्री थापा छिन् । यस बैंकमा ६ जना सञ्चालक समितिमा रहेका छन् । जसमा गायत्री मात्रै एक्ली महिला समितिमा अटाएकी छिन् ।
एनआइसी एशिया बैंकको सञ्चालक समितिको निर्देशकमा विजया स्वार रहेकी छिन् भने माछापुच्छ्रे बैंकमा मनिषा भण्डारी छिन् ।
यसका साथै प्रभु बैंकको सञ्चालक समितिको निर्देशकमा अम्बिका शर्मा लामिछाने छिन् ।
सिद्धार्थ बैंकको सञ्चालक समितिमा मिना कुमारी सैजी छिन् । कुमारी बैंकको सञ्चालक समितिमा निर्देशकको जिम्मेवारी सिमरन अग्रवालले सम्हालिरहेकी छन् । कृषि विकास बैंकको सञ्चालक समितिको स्वतन्त्र सदस्यमा रिता सुवेदी छिन् भने सिटिजन्स बैंकमा इला शर्मा रहेकी छिन् ।
साथै प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको सदस्यमा तारादेवी चित्रकार रहेकी छिन् । २० वाणिज्य बैंकहरुमध्ये एक वटा नेपाल एसबिआई बैंकमा मात्रै महिला अध्यक्ष जयन्ती बन्सल छिन् ।
६ जनाको सञ्चालक समिति रहेको यस बैंकमा अर्की महिला अप्सरा उप्रेती सञ्चालकमा छन् । दुई वाणिज्य बैंकको सञ्चालक समितिमा दुई÷दुई जना महिला रहेका छन् । एनएमबि बैंकको सञ्चालक समितिमा दुई जना महिला छन् । बैंक सञ्चालक समितिको स्वतन्त्र निर्देशककारुपमा बन्दना पाठक छिन् । पाठकसँगै एमएमबि बैंकको सञ्चालक समितिमा शर्मिला हर्दी प्रकाश पनि छिन् । उनी प्रमोटर शेयरहोल्डरको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालक समितिको निर्देशक बनेकी हुन् ।
अर्को सञ्चालक समितिमा दुई जना महिला राख्ने अर्को वाणिज्य बैंक हो, लक्ष्मी सनराइज बैंक । यस बैंकमा पाँच जनाको सञ्चालक समिति छ । जसमा सञ्चालक समितिको निर्देशकमा दुई जना स्वाती रुगंटा र विद्या बस्नेत रहेका छन् ।
बैंकको नाम र सञ्चालक समिति संख्या
नेपाल एसबिआई बैंक
पुरुष ८
महिला २
एनएमबी बैंक
पुरुष ५
महिला २
लक्ष्मी सनराइज बैंक
पुरुष ३
महिला २
कुमारी बैंक
पुरुष ६
महिला १
प्रभु बैंक
पुरुष ६
महिला १
कृषि विकास बैंक
पुरुष ७
महिला १
सानिमा बैंक
पुरुष ५
महिला १
ग्लोबल आइएमई बैंक
पुरुष ६
महिला १
नेपाल बैंक
पुरुष ४
महिला १
नबिल बैंक
पुरुष ६
महिला १
हिमालयन बैंक
पुरुष ७
महिला १
एभरेष्ट बैंक
पुरुष ५
महिला १
एनआइसी एशिया बैंक
पुरुष ६
महिला १
माछापुच्छे बैंक
पुरुष ६
महिला १
सिद्धार्थ बैंक
पुरुष ५
महिला १
प्राइम कमर्सियल बैंक
पुरुष ६
महिला १
सिटिजन्स बैंक
पुरुष ६
महिला १
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
पुरुष ६
महिला 0
राष्ट्रिय वाणिज्य बैंक
पुरुष ५
महिला 0
स्ट्याण्डर्ड चार्टर्ड बैंक
पुरुष ५
महिला 0