२०८१ फाल्गुन २३ गते

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँट

बैंकिङ खबर/ नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरमा १८ करोड ४५ लाख रुपियाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको थियो । तोकिएको अवधिभित्र १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए ।

तर भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १०–१० कित्ताका दरले शेयर हात पारेका छन् । बाँकी १७ लाख १७ हजार जनाको हात रित्तो भएको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट एनआईएमबि एस क्यापिटल र मेरोसेयर एकाउन्ट बाट नतिजा हेर्न सक्नेछन् ।

त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट​बाट पनि रिजल्ट हेर्न सकिनेछ ।