Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा गौतम र पण्डितको बढुवा

२०८१ फाल्गुन २० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा २ जनाको बढुवा भएको छ । राष्ट्र बैंक सञ्चालक समितिले रामप्रसाद गौतम र किरण पण्डितलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो । गौतम गत मंसिर २० गते बढुवा भएका हुन् भने पण्डित गत फागुन १ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन् ।

३० वर्षे सेवा अवधि पुरा भएपछि देवकुमार ढकालले गत मंसिर ६ गते कार्यकारी निर्देशक पदबाट अवकाश पाएका थिए । ढकालले अवकाश पाएपछि निर्देशकको पहिलो वरियतामा रहेका गौतम स्वतः कार्यकारी निर्देशकमा बढुवा भएका राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, कार्यकारी निर्देशकमा ७ वर्ष सेवा अवधि पूरा भएपछि नेफिल मताङ्गी मास्केले गत माघ २६ गते अवकाश पाएका छन् । मास्केले अवकाश पाएपछि पण्डितलाई कार्यकारी निर्देशकमा बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ । कार्यकारी निर्देशकमा बढुवा भएपछि गौतमलाई वित्तीय व्यवस्थापन विभाग प्रमुख र पण्डितलाई भुक्तानी विभागको प्रमुखको जिम्मेवारी दिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार डा. प्रकाश कुमार श्रेष्ठलाई भने गभर्नर कार्यालयमा सरुवा गरिएको छ ।