बैंकिङ खबर/ पियोर इनर्जी लिमिटेडले आजबाट प्राथमिक सार्वजनिक निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुको लागि आईपीओ निष्काशनमा ल्याएको हो।
कम्पनीले कुल ८० करोडको २ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता स्थानीयको लागि र वैदेशिक रोजगारीमा गएकाका लागि १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता सेयर जारी गरेको हो।
कम्पनीले सर्वसाधारणका लागि भने १४ लाख ४० हजार कित्ता सेयर छुट्याएको छ। पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा गएकाका लागि सेयर निष्काशनपछि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्नेछ। आजबाट निष्काशनमा आएको सेयरमा भने स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरूले चैत ५ गतेसम्म आवेदन दिनुपर्नेछ।
आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। कम्पनीले आयोजना प्रभावितले अधिकतम १६ हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाहरुका लागि अधिकतम ७ हजार २ सय कित्तासम्म आवेदन स्वीकृत गर्ने जनाएको छ।