बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि ६ वटा कम्पनी सर्टलिस्ट गरेको छ । राष्ट्र बैंकको सम्पति तथा सेवा व्यवस्थापन विभागले ६ वटा कम्पनी सर्टलिस्ट गरेको हो ।
सर्टलिस्टमा पर्नेमा श्रीलंकाको Deloitte Partners , बंगलादेशको Howladar Yunus & Co., भारतको KPMG Assurance And Consulting Services LLP, नेपाल-भारतको संयुक्त जेभी कम्पनी Mehra-JKSS-SSBDI-JV, भारतको MSKA & Associates, र भारत-नेपालको संयुक्त जेभी कम्पनी SRBA & B.K Agrawal & Co. रहेका छन् ।
अब सर्टलिस्टमा परेका कम्पनीसँग राष्ट्र बैंकले प्रस्ताव आह्वान गर्ने छ र त्यसपछि प्राविधिक रुपमा योग्य देखिएका कम्पनीलाई वित्तीय प्रस्ताव पेश गर्ने भनिने छ । राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि २० डिसेम्बर २०२४ मा आवेदन खुलाएको थियो।
Notice-EOI-shortlisting-pdf