Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

निक्षेप संकलनको मापदण्ड संशोधन, यी चार बैंक लाभान्वित

२०८१ फाल्गुन २० गते

बैंकिङ खबर/निक्षेप संकलनको प्रावधानमा नेपाल राष्ट्र बैंक लचक देखिएको छ । सोमबार राष्ट्र बैंकले खुलाएको ४ अर्ब ७९ लाख रुपैयाँ बराबरको निक्षेप बोलकबोलमा सहभागी हुन पाउनेको न्यूनतम मापदण्ड परिमार्जन गरिएको हो ।

यसअघि राष्ट्र बैंकको निक्षेप बोलकबोलमा सहभागी हुन पाउने बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढीमा ५ प्रतिशत हुनुपर्ने व्यवस्था थियो । अहिले यसलाई परिमार्जन गरेर ८ प्रतिशत पुर्‍याइएको छ । यो व्यवस्थाबाट चार बैंक लाभान्वित हुने भएका छन् ।

पुस मसान्तको त्रैमासिक विवरण अनुसार कुमारी बैंकको निष्क्रिय कर्जा अनुपात ६.९६ प्रतिशत छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ५.८६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.६७ प्रतिशत र प्रभु बैंकको ५.०६ प्रतिशत निष्क्रिय कर्जा रहेको सम्बन्धित बैंकले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । पुरानो व्यवस्था कायम गर्दा यी बैंकहरु निक्षेप बोलबकोलमा सहभागी हुन पाउने अवस्था थिएन ।

नयाँ प्रावधानमा ग्रस एनपीएलको सीमा बढाएपछि नेट एनपीएलको प्रावधान भने थप गरिएको छ । यस अनुसार यस्तो प्रतिस्पर्धामा सहभागिता जनाउन खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतको सीमामा हुनुपर्ने व्यवस्था गरिएको छ । यी बैंकहरुले खुद निष्क्रिय कर्जाको विवरण भने सार्वजनिक गरेका छैनन् ।