बैंकिङ खबर/ विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त निकाय अर्थात् मनी एक्सचेञ्ज कम्पनीहरुले अब आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतभन्दा बढीको एक्सचेञ्ज कारोबार गर्न नपाउने भएका छन् । सोमबार एक परिपत्र जारी गर्दै केन्द्रिय बैंकले यस्तो निर्देशन गरेको हो ।
कम्पनीहरुले प्रोप्रिटरी अन्तर्गतका डेरिभेटिभ्स् कारोबारको हकमा बक्यौता (आउटस्ट्याण्डिङ) खरिद र बिक्री दुबैको जोड प्राथमिक पुँजीको २० प्रतिशतभन्दा बढी हुन नहुने केन्द्रीय बैंकले जनाएको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०८० को एकीकृत इ.प्रा. परिपत्रः १९/२०८० को दफा २ को बुँदा (ग)लाई संशोधन गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।
IMG_0001-1