बैंकिङ खबर/ नेपालका बैंकिङ क्षेत्रमा पनि पछिल्लो समय प्रविधिको प्रयोग बढ्दै गएको छ । जसका कारण कर्मचारीदेखि ग्राहकसम्मलाई सहज भएको छ । कुनै समय चेकबाट मात्र नगद झिक्न सकिने व्यवस्था एटीएमले क्रमशः विस्थापित गर्दै लग्यो । अझै पनि ठूलाठूला रकमको कारोबार चेकबाटै हुने गरेको छ । तर एटीएमको प्रयोगलाई पनि मोवाइल बैंकिङले बिस्तारै पाखा लगाइरहेको पाइएको छ ।
नेपालका बैंकिङ क्षेत्रमा पनि प्रविधिको विकासले ठूलो परिवर्तन ल्याएको छ । पछिल्लो समय धेरै नयाँ डिजिटल सेवा र सुविधाहरूको उदय भएको छ, जसले बैंकिङ क्षेत्रलाई अझ सहज, छरितो र सुरक्षित बनाएको छ । मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको प्रयोगले मानिसहरूलाई घरमै बसेर बैंकिङ सेवा लिन सजिलो बनाएको छ । खाताको ब्यालेन्स जाँचदेखि लिएर बिल तिर्ने र रकम स्थानान्तरण गर्नेसम्म सबै सेवा अनलाइनबाटै सम्भव भएको छ । नेपालमा क्यूआर कोडमार्फत भुक्तानी गर्ने प्रणालीले ठूलो लोकप्रियता पाएको छ । यो सुविधाले नगद बोक्ने झन्झट हटाएको छ र कारोबारलाई डिजिटल रूपान्तरण गरेको छ ।
ई–सेवा, खल्ती, फोनपे जस्ता डिजिटल वालेटले बैंक खाता जोडेर प्रत्यक्ष भुक्तानी तथा रकम स्थानान्तरण गर्न मिल्ने सुविधा दिएको छ । कुनै समस्या वा सोधपुछको लागि बैंकमा फोन वा शाखामा जानु नपर्ने, च्याटबोटहरूको प्रयोगले छिटो जानकारी दिने सुविधा उपलब्ध गराएको छ ।
भविष्यमा ब्लकचेन प्रविधिको उपयोग गरेर अझै सुरक्षित र पारदर्शी बैंकिङ सेवा प्रदान गर्ने योजना नेपालका केही बैंकहरूले बनाउँदैछन्। अब बैंकिङ प्रणालीमा पासवर्डको सट्टा फिंगरप्रिन्ट, फेस स्क्यान, र ओटीपीमार्फत सुरक्षा बढाइएको छ । डिजिटल हस्ताक्षर र कागजरहित फर्महरू प्रयोग गरेर समय र स्रोतको बचत गरिएको छ । यी सबै प्रविधिहरूको विकासले नेपाली बैंकिङ क्षेत्रलाई थप आधुनिक र सुरक्षित बनाउँदै लगेको छ । यसले समय स्रोतको बचत भएको छ । कुनै समय बैंकमा पैसा झिक्नकै लागि लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ ।
सर्वसाधारणको आकर्षण
नेपाल राष्ट्र बैंकको पछिल्लो सार्वजनिक तथ्यांकअनुसार मोवाइल बैंकिङको कारोबार बढ्दो क्रममा रहेको देखाएको हो । चालु आवको पुससम्मको तथ्यांक अनुसार नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख ३६ हजार ११७ पुगेको छ । यस्तै इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २१ लाख १८ हजार ३८४, डेबिट कार्डको संख्या १ करोड ३३ लाख ६३ हजार १७४, क्रेडिक कार्डको संख्या ३ लाख ६ हजार ६०५ र प्रिपेड कार्डको संख्या २ लाख १९ हजार १६४ पुगेको छ । जुन संख्या सहकारी संस्थाका प्रयोगकर्ताबाहेकको हो ।
पाँच वर्षअगाडि अर्थात् आर्थिक वर्ष ०७७/७८ को तुलनामा नेपालमा बचत खाता, ऋण खाता, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड लगायतको संख्या ठूलो वृद्धि भएको तथ्यांकले देखाएको छ । यसरी नेपालमा मोवाइल बैंकिङको प्रयोगले पछिल्लो समय निकै तीव्रता दिइ रहेको छ । यसले नेपालको बैंकिङ र वित्तीय क्षेत्रलाई डिजिटल युगतर्फ अग्रसर बनाएको छ ।
विगतको तुलनामा वाणिज्य बैंक मात्र होइन अन्य विकास बैंक र वित्तीय संस्थाहरुले पनि प्रविधिमैत्री सेवा दिइरहेका छन् । कुनै समय थियो, बैंकमा रकम जम्मा गर्न, निकाल्न वा कतै पठाउन लामाबद्ध भएर बस्नुपर्ने । तर, तर अहिले अवस्था फेरिएको छ ।
अब घरबाटै इन्टरनेटमार्फत यस किसिमका बिल भुत्तानी गर्न सम्भव भएको हो । बैंकहरूले प्रदान गर्ने इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ सेवाका प्रयोगकर्ताको संख्या दैनिक बढीरहेको छ । खाता खोल्नदेखि रकम एक खाताबाट अर्को खातामा पठाउन इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङमार्फत सम्भव भएसँगै र विभिन्न किसिमका किनमेल गर्न तथा बिल भुक्तानी पनि घरबाटै गर्न सम्भव भएपछि समय र खर्चको वचतका साथै नगदमा आधारित कारोबारमा पनि कमी आउँदै गएको बैंकरहरु बताउँछन् ।
डिजिटल कारोबारको महत्व
– अपराधको घट्दो जोखिम
– कर छली नियन्त्रण
– संस्थागत अपराध नियन्त्रण
– कारोबारमा शीघ्रता
– कारोबार लागत न्यून
– सरल एवं सहज
– सरुवा रोग नियन्त्रण, कोरोनाजस्ता महामारी नियन्त्रणमा सहयोग
डिजिटल बैंकिङका फाइदाहरू
पहुंच र उपलब्धता: डिजिटल बैंकिङ सेवाले बैंक शाखामा जानु बिना नै, मोबाइल फोन, कम्प्युटर वा अन्य उपकरणमार्फत बैंकिङ सेवाहरू सजिलैसँग उपलब्ध गराउँछ। ग्राहकहरू २४/७ बैंकिङ पहुँच गर्न सक्छन् जसले गर्दा समय र स्थानको कुनै प्रतिबन्ध रहँदैन।
ट्रान्जेक्शनको सहजता: डिजिटल बैंकिङको माध्यमबाट खातामा रकम जम्मा गर्नु, रकम स्थानान्तरण गर्नु, बिल भुक्तानी गर्नु, र अन्य बैंकिङ कामहरू सजिलै र छिटो गर्न सकिन्छ। यसले ग्राहकहरूको समय बचत गर्न मद्दत पुर्याउँछ।
सुरक्षा: आधुनिक डिजिटल बैंकिङ प्रणालीहरूमा उच्चस्तरीय सुरक्षा प्रोटोकलहरू समावेश गरिएको हुन्छ जसले गर्दा अनलाइन ट्रान्जेक्शन सुरक्षित रहन्छ। दुई-कारक प्रमाणीकरण (Two-factor authentication) र एन्क्रिप्शन जस्ता उपायहरूले सुरक्षा थप गरिएका छन्।
कम लागत: डिजिटल बैंकिङका माध्यमबाट शाखामा जानु, कागजपत्रको प्रक्रिया गर्नु जस्ता अतिरिक्त खर्चहरू घटाउँछ। यसले बैंकको संचालन खर्चलाई पनि कम गर्छ र ग्राहकलाई थप सुविधाजनक बनाउँछ।
फाइनान्सीय इन्क्लुजन: ग्रामीण क्षेत्रका मानिसहरू र तिनीहरूको पहुँचमा पर्ने समस्याहरूलाई ध्यानमा राख्दै डिजिटल बैंकिङले विभिन्न जनसमुदायलाई बैंकिङ सेवामा समावेश गरेको छ। यसले बैंकिंग प्रणालीलाई सबैका लागि पहुँचयोग्य बनाएको छ।
ग्राहक सेवा र अनुभव: अनलाइन च्याटबोटहरू, मोबाइल एप्स, र अन्य डिजिटल उपकरणहरूले ग्राहकलाई छिटो र प्रभावकारी सेवा दिन्छन्। यसले ग्राहक अनुभवलाई थप राम्रो बनाएको छ र बैंकोंलाई पनि प्रतिस्पर्धामा अग्रणी बनाउँछ।
नयाँ सेवाहरू: डिजिटल बैंकिङको मद्दतले नयाँ वित्तीय उत्पाद र सेवाहरूको विकास भएको छ, जस्तै रेमिटेन्स, डिजिटल वालेट, पेमेंट गेटवे, इत्यादि, जसले व्यवसाय र व्यक्तिगत जीवनलाई थप सहज बनाएको छ।
धेरै बैंकहरूले आफ्नो डिजिटल प्लेटफर्मलाई सुधारेर, ग्राहकहरूको आवश्यकताहरूलाई ध्यानमा राख्दै नयाँ प्रविधिहरूको उपयोग गरिरहेका छन्। यसले बैंकिङ उद्योगको भविष्यलाई अझ रोचक र व्यवस्थित बनाएको छ।