२०८१ फाल्गुन १५ गते

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिनुभयो ?, आज अन्तिम दिन

बैंकिङ खबर/नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीले फागुन ११ गतेदेखि आईपीओ निष्कासन गरेको हो।

बुधबारसम्म १५ लाख ७२ हजार ५८८ जना आवेदकले २ अर्ब ४ करोड १ लाख ९२ हजार कित्ताका लागि आवेदन दिएका छन् । अहिलेसम्म मागभन्दा ११.०५ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।