Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

पदभार ग्रहण गर्दै ओझाले भने-४ वर्षमा बीमा क्षेत्रमा देखिने परिवर्तन हुनेछ

२०८१ फाल्गुन १३ गते

बैंकिङ खबर/ नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले ४ वर्षमा बीमा क्षेत्रमा देखिने परिवर्तन हुने बताएका छन् । अर्थमन्त्री विष्णु पौडेलबाट सपथ ग्रहण गरेसँगै ओझाले कुपन्डोलस्थित प्राधिकरणमा पुगेर पदभार सम्हालेका छन् ।

सो क्रममा उनले सरकारले युवालाई जिम्मेवारी दिएकोमा आभार व्यक्त गरे । जिम्मेवारी पूरा गर्न नसक्दा सम्पूर्ण युवापुस्ताप्रतिको विश्वास पनि नरहन सक्ने भन्दै उनले भने, ‘४ वर्षमा बीमा क्षेत्रमा देखिने परिवर्तन हुनेछ ।’

आफूले प्रस्तुत गरेको कार्ययोजनाको आधारमा सरकारले नियुक्ति दिएको उनको दाबी छ । ‘त्यो कार्ययोजना समेतको आधारमा योजना बनाएर अगाडि बढ्नेछु,’ उनले भने । सोमबार बसेको मन्त्रिपरिषदको वैठकले ओझालाई ४ वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो ।