
बैंकिङ खबर/ दश वर्षमा अमेरिकी डलरको मूल्य झन्डै दोब्बरले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको विनिमयदर तथ्यांकअनुसार साढे दश वर्षअघि डलरको मूल्य ६२ रुपैयाँको आसपासमा थियो । १७ जनवरी २००८ मा एक डलरको बिक्रीदर मूल्य ६२ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो । त्यसको ठीक एक वर्षपछि अर्थात् १६ जनवरी २००९ मा डलर ७८ रुपैयाँ पुग्यो ।
२०१० को सोही महिनामा ७३ रुपैयाँ, २०११ मा ७२, २०१२ मा ८० रुपैयाँको आसपासमा डलरको मूल्य थियो। २०१३ मा ८६ रुपैयाँको आसपासमा रहेको डलर २०१४ को जनवरीमा आउँदा ९९ रुपैयाँ पुग्यो ।
२०१५ को सुरुवातका महिनामा सोही मूल्यकै हाराहारीमा रहे पनि अगष्टदेखि उकालो लागेको डलर सेप्टेम्बर महिनामा १०६ रुपैयाँसम्म कारोबार भयो। २०१६ को जनवरीमा १०८ रुपैयाँ नाघ्यो । त्यसयता नबढेको डलर २०१८ को जनवरीमा आउँदा १०२ रुपैयाँसम्म झर्यो । त्यसपछि उकालो यात्रा लिएको डलर २०१८ जुन महिनामा १०८ रुपैयाँ पुग्यो।
जुन महिनापछि लगातार बढ्दै २०२५ फ्रेबुअरीमा आइपुग्दा अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा पुगेको छ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी भएसँगै डलरको मूल्य उच्च भएको हो । डलरको भाउ उच्च भइरहँदा नेपाली रुपैयाँ भने झन्–झन् कमजोर बन्ने गरेको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर हुने गर्दछ ।
यसरी बन्यो अमेरिकी डलर विश्वकै शक्तिशाली मुद्रा
अमेरिकी क्रान्तिको सुरुवातमा तथा सोभन्दा पहिले अमेरिकामा इंगलिस, स्पेनिस र फ्रेन्च करेन्सी प्रयोग हुने गथ्र्यो । सन् १६९० ताका मासाचुसेट्सको बे कोलोनीले पहिलो पटक कागजी मुद्रा छपायो । उक्त मुद्रा सन् १७७५को क्रान्तिकारी युद्धमा वित्तीय सहयोग गर्नका लागि कन्टिनेन्टल कंग्रेसले प्रयोग गर्यो । द्धन्द्धको अन्त्यसँगै उक्त मूद्राको अवमूल्यन भयो ।
सन् १७८१मा कन्टिनेन्टल कंग्रेसले फिलाडेल्फियामा बैंक अपस् नर्थ अमेरिकाको स्थापना गर्यो । उक्त बैंक अमेरिकाको पहिलो औपचारिक बैंक थियो, जसको स्थापनाको एकमात्र उद्देश्य थियो, क्रान्तिकारी द्धन्द्धका लागि वित्तीय सहयोग जुटाउनु । यो बैंक पनि द्धन्द्ध समाप्त भएपछि टिक्न सकेन ।
१७८५ मा कन्टिनेन्टल कंग्रेसले डलरलाई राष्ट्रिय मुद्राको रुपमा प्रचलनमा ल्यो । त्यो समयमा विभिन्न निजी बैंकहरुले थुप्रै किसिमका मुद्राहरु छाप्ने गरेका थिए । सन् १७८९ मा संविधान बनेसँगै पुनः बैंकको आवश्यकता महशूस गरियो र कन्टिनेन्टल कंग्रेसले संयुक्त राज्यकै पहिलो बैंक स्थापना गर्यो । उक्त बैंकलाई नोट छपाईको अधिकार प्रदान गरियो, जसले मुद्रा छपाईँको विषयमा भएको अन्यौलता हटायो र व्यापार तथा कारोबारमा सहजता ल्यायो । सोही बैंकले संयुक्त राज्य कोषको वित्तीय एजेन्टको रुपमा र मुलुकको केन्द्रीय बैंकको रुपमा काम गर्न थाल्यो ।
यूएस मिन्टको सुरुवात
सन् १७९२मा संघीय मौद्रिक प्रणालीको स्थापना भयो जसले पिस्लाडेल्फियामा यूएस मिन्टको सुरुवात गर्यो । सन् १८१६ मा अमेरिकाको दोस्रो बैंकको स्थापना भयो । १८३६ सम्ममा थुप्रै निजी बैंकहरुले ३० हजारभन्दा बढी प्रकारका कागजी नोट छपाए । यसले विनिमयमा अन्यौलता ल्यायो भने कारोबारमा समस्या सृजना गर्यो । सन् १८६१ को सिभिल वारमा डिमाण्ड नोटको रुपमा कागजी मुद्रा छपाउने अधिकार कंग्रेसले केन्द्रीय बैंकको रुपमा काम गरिरहेको बैंकलाई दियो । सन् १८६२ मा उत्तस् डिमाण्ड नोटलाई युनाइटेड स्टेट्स नोटले विस्थापित गर्यो ।
त्यसपछि, संयुक्त राज्यको कोषको सेक्रेटरीलाई निजी बैंकहरुले छपाएको मुद्रालाई बन्द गर्न कंग्रेसले सघायो । ती नोटहरुलाई बन्द गर्ने व्यवस्था मिलाउन ६ वटा ट्रेजरी डिपार्टमेन्टका कर्मचारीहरुको श्रम खर्च भएको थियो । सन् १८६३ मा अमेरिकी मुद्राको डिजाइन तयार गरियो । सन् १८६५मा ट्रेजरी डिपार्टमेन्टले सुनको मुद्राको सट्टामा गोल्ड सर्टिफिकेट जारी गर्यो, जुन १९३३ सम्म चल्यो । ट्रेजरी डिपार्टमेन्टले विरोधलाई नियन्त्रण गर्न युनाइटेड स्टेट्स सिक्रेट सर्भिसको स्थापना गर्यो । सो समयमा, चल्तीमा एकतिहाई मुद्राको विरोध हुने अनुपान गरिएको थियो ।
राष्ट्रिय बैंक नोटको सुरुवात
सन् १८६६ मा अमेरिकी सरकारको सुरक्षामा जारी गरिएको राष्ट्रिय बैंक नोटले प्रभाव जमायो । यो समयमा बैंक निक्षेपको ७५ प्रतिशत हिस्सा राष्ट्रिय स्तरका बैंकहरुले ओगटेका थिए । यो समयसम्ममा राज्यस्तरका बैंक नोटहरु बन्द भइसकेकाले केही समयका लागि मुद्राको भाउमा स्थीरता देखियो । सन् १८७७ देखि ट्रेजरी डिपार्टमेन्टको इन्ग्रेभिङ एण्ड प्रिन्टिङ ब्युरोले सबै अमेरिकी मुद्रा प्रकाशन गर्न थाल्यो । सन् १८७८ मा ट्रेजरी डिपार्टमेन्टलाई सिल्भर डलर साट्नका लागि सिल्भर सर्टिफिकेट बनाउने जिम्मेवारी सुम्पियो, जुन सन् १९५७ सम्म चल्यो ।
१८९३ र १९०७ मा भएको वित्तीय संकटपछि १९१३ मा पस्ेडरल रिजर्भ एक्ट पारित भयो । यसले पस्डेरल रिजर्भ सिस्टमलाई मुद्रा प्रवाह तथा आर्थिक स्थीरता र वृद्धिका लागि कर्जाको नियमन गर्नका लागि मुलुकको केन्द्रीय बैंकको रुपमा खडा गर्यो । यो सिस्टमलाई पस्रेडरल रिजर्भ नोट प्रकाशन गर्ने अधिकार पनि दियो । हाल, अमेरिकामा चल्तीमा रहेका मुद्राको ९९ प्रतिशत हिस्सा पस्डेरल रिजर्भ नोटले ओगटेको छ भने पस्डेरल रिजर्भले मात्रै मुद्रा छपाईको अख्तियारी पाएको छ ।
२० औँ शताब्दीको अन्त्यमा सेक्युरिटी थ्रेडको सुरुवात
२० औँ शताब्दीमा प्रवेश गरेसँगै अमेरिकी मुद्रामा स्थीरता आइसकेको थियो । यद्यपि, मुद्राको डिजाइनहरुमा भने समयसमयमा सामान्य परिवर्तनहरु भए । सन् १९२९ मा मुद्राको आकारलाई २५ प्रतिशत घटाइयो र अगाडी फोटो र पछाडी स्मारक रहने गरी एक निश्चित डिजाइनमा ल्याइयो । सन् १९५७ मा पहिलोपटक कागजी मुद्रा जारी गरियो जसमा इन गड वी ट्रष्ट अर्थात भगवानमाथि हाम्रो भरोसा लेखिएको थियो । १९६३ र त्यसपछिका मुद्राहरुमा पनि सो भनाई राखिएको थियो ।
नक्कली नोट छपाईलाई बन्द गराउन सन् १९९० मा सेक्युरिटी थ्रेड तथा माइक्रोप्रिन्टिङको सुरुवात गरियो । १९९० देखि ५० र २० डलरका नोटमा यस्तो सेक्युरिटी राखिएको थियो । पछि, १९९३ देखि एक डलरबाहेक सबै दरका नोटमा यस्तो फिचर राख्न थालियो ।
नयाँ दरका नोट छपाउने भन्दै सन् १९९४ मा ट्रेजरी डिपार्टमेन्टले मुद्राको पुनः डिजाइन गर्यो । नयाँ डिजाइनको एक सय डलरको नोट सन् १९९६ मा सुरु भएको थियो भने ५० को १९९७ मा र २० को १९९८ मा सुरु भएको थियो । सन् २००० मा पाँच र १० डलर दरका नोटको पुनः डिजाइन गरियो र नोटहरुलाई थप सुरक्षित बनाइयो ।
यसरी, सन् १८६३ फेब्रुअरी २५ मा तत्कालीन राष्ट्रपति अब्राहम लिंकनद्धारा नेशनल बैंकिङ एक्टमा हस्ताक्षर गरि अमेरिकी इतिहासमा पस्डेरल डलर छपाइका लागि मार्ग प्रशस्त गरिएको थियो । सोही मुद्रा आज आएर संसारकै शक्तिशाली मुद्रामध्येको एकका रुपमा चल्तीमा रहेको छ । अमेरिकी डलर आज अमेरिकामा मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा नै प्रयोगमा आउने गरेको छ ।
डलरको भाउ उच्च हुनुका कारण
डलरको भाउ उच्च हुनुका कारण धेरै कारकहरूमा निर्भर गर्छन्। मुख्य कारणहरू यस्ता छन्ः
१. आपूर्ति र माग
डलरको माग धेरै बढ्दा यसको भाउ उच्च हुने गर्छ। अमेरिकी डलर अन्तर्राष्ट्रिय व्यापारको प्रमुख मुद्रा भएकाले धेरै देशहरूले यो मुद्रामा व्यापार गर्न चाहन्छन्।
२. अमेरिकी अर्थतन्त्रको बलियो अवस्था
अमेरिकाको अर्थतन्त्र बलियो हुँदा –जिडिपी, रोजगारदर राम्रो हुनु), लगानीकर्ताहरू डलरमा लगानी गर्न आकर्षित हुन्छन्।
३. फेडरल रिजर्भको नीतिह
अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएमा डलरमा लगानी गर्दा बढी फाइदा हुने भएकाले यसको माग बढ्छ र भाउ पनि उकालो लाग्छ।
४. अन्य मुद्राहरूको कमजोरी
यदि अन्य देशहरूको मुद्रा कमजोर हुँदै गएमा, लगानीकर्ताहरू सुरक्षित मुद्राको रूपमा डलरमा सर्न खोज्छन्। यसले डलरको भाउ बढाउँछ।
५. भूराजनीतिक तनावहरू
युद्ध, व्यापार युद्ध, वा कुनै ठूलो राजनीतिक तनाव हुँदा पनि लगानीकर्ताहरू डलर जस्ता सुरक्षित मुद्रातर्फ आकर्षित हुने गर्छन्।
६. तेलको अन्तर्राष्ट्रिय व्यापार
तेलको व्यापार प्रायः डलरमै हुने भएकाले तेलको भाउमा उतार–चढाव आए पनि डलरको मागमा असर पर्छ।
यी सबै कारणहरूले गर्दा डलरको भाउ लगातार माथि जान सक्ने सम्भावना रहन्छ।
नेपाली रुपैयाँ कमजोर हुनुका कारणहरु
नेपाली रुपैयाँ कमजोर हुनुका मुख्य कारणहरू यसप्रकार छन्ः
१. व्यापार घाटा
नेपालले आयात धेरै र निर्यात कम गर्ने भएकाले व्यापार घाटा हुन्छ। यसले विदेशी मुद्रा (जस्तै डलर) को माग बढाउँछ र नेपाली रुपैयाँ कमजोर हुन्छ।
२. अमेरिकी डलरको मजबुती
डलर अन्तर्राष्ट्रिय बजारमा बलियो हुँदा अन्य देशहरूको मुद्रामा स्वाभाविक रूपमा कमजोरी आउँछ, र नेपाली रुपैयाँ पनि कमजोर हुन्छ किनकि नेपालले भारतीय रुपैयाँसँग टाँसिएको विनिमय दर राखेको छ।
३. विदेशी लगानीको अभाव
नेपालमा प्रत्यक्ष विदेशी लगानीको अभाव हुँदा विदेशी मुद्रा आपूर्ति कम हुन्छ। यसले पनि रुपैयाँ कमजोर हुने सम्भावना बढाउँछ।
४. राम्रो उत्पादनको अभाव
देशभित्र उत्पादित वस्तुको अभावले आयात निर्भरता बढाउँछ। आयात धेरै भएपछि विदेशी मुद्रा आवश्यक पर्छ, जसले रुपैयाँ कमजोर बनाउँछ।
५. प्रेषणमा कमी
प्रवासी नेपालीहरूले पठाउने रेमिटेन्स नेपाली अर्थतन्त्रको प्रमुख आधार हो। यदि रेमिटेन्स घट्यो भने विदेशी मुद्रा आपूर्ति कम हुन्छ, जसले रुपैयाँमा दबाब सिर्जना गर्छ।
६. सरकारी ऋण र नीतिगत कमजोरीहरू
नेपालले ठूलो मात्रामा विदेशी ऋण लिँदा र राम्रो आर्थिक नीति नभएमा मुद्रा मूल्यमा गिरावट आउन सक्छ।
७. भूराजनीतिक जोखिमहरू
भारत र चीनजस्ता छिमेकीहरूको राजनीतिक वा आर्थिक तनावको प्रत्यक्ष असर पनि नेपाली रुपैयाँमा पर्न सक्छ।
८. आयातित मुद्रास्फीति
यदि आयातित वस्तुहरूको मूल्य बढ्यो भने, नेपालमा मुद्रास्फीति हुन्छ र यो पनि मुद्रा कमजोर हुनको एउटा कारण बन्छ।
