Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा तीन कम्पनीको एक करोड कित्ता बढी बोनस शेयर थपियो

२०८१ माघ २८ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक करोड कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले मन्दाकिनी हाइड्रोपावर, सोल्टी होटल्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोपावर कम्पनीको ५ प्रतिशत बोनसपछिको ३ लाख ७ हजार ९८४ दशदमव ३३ कित्ता, सोल्टी होटल्सको १० प्रतिशत बोनसपछिको ९२ लाख ९० हजार ८९९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनसपछिको ५ लाख ११ हजार ६०५ दशमलव ८५ कित्ता शेयर सुचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।