February 6th, 2025

आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्र महत्वपूर्ण : गभर्नर अधिकारी

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसले हरित अर्थतन्त्रको प्रवर्द्धन र वातावरणमैत्री समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’को जानकारी दिन आयोजित कार्यक्रममा गभर्नर अधिकारीले आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्र महत्वपूर्ण हुने धारणा राख्दै सहर केन्द्रित सम्मेलनलाई बाँस सम्मेलनले चुनौती दिएको उल्लेख गरे । उनले बाँससम्बन्धी विषयवस्तुमा आधारित रहेर खोटाङमा आयोजना हुने सम्मेलनले नयाँ अभ्यास गर्नुका साथै हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

‘दैनिक जीवन बाँस उपयोगी र दिगो हुन्छ, आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्न यसको भूमिका महत्वपूर्ण हुन्छ । स्वस्थ र वातावरणमैत्री हुनेगरी काम गर्न बाँस उपयोगी हुन्छ’, अधिकारीले भने । उनले बाँस सम्मेलनको सफलता, र उपयोग बढाउन, व्यावसायिक अभिवृद्धि, निर्यात प्रवर्द्धनलगायत क्षेत्रमा राष्ट्र बैंक र आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।