बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ निक्षेप र कर्जा प्रवाह दुवै बढेको छ । माघ २१ गतेको तथ्यांकअनुसार पछिल्लो समय बैंकिङ प्रणालीमा ६७ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लो दिन ६७ अर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि वृद्धि देखिएको छ । माघ २० गते ५९ खर्ब ८६ अर्ब रुपैयाँ संकलन गरेका वाणिज्य बैंकहरूले २१ गते ५९ खर्ब ९० अर्ब रुपैयाँ संकलन गरेका छन् । सो अवधिमा कर्जा प्रवाहमा वृद्धि देखिएको छ । माघ २० गते ५४ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब २५ अर्ब रुपैयाँ रकम बराबरको कर्जा प्रवाह भएको छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जामा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन ४८ खर्ब ७ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २१ गते ४८ खर्ब १२ अर्ब रुपैयाँ प्रवाह गरेका छन्। सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ४१प्रतिशत रहेको छ ।