बैंकिङ खबर/ नेपालमा अमेरिकी प्रमुख वैदेशिक सहायता संस्था युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएड) मार्फत ६५ करोड ९० लाख अमेरिकी डलर (करिब ८७ अर्ब रुपैयाँ)को कार्यक्रम सञ्चालनमा रहेको छ ।
नेपाल सरकारसँग सम्झौता भएर सन् २०२२ देखि २७ सम्मका लागि सञ्चालनमा रहेका यस्ता कार्यक्रम ३५ वटा रहेको अर्थ मन्त्रायलयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपाल सरकारको बजेटरी सिस्टमबाट सञ्चालन हुने यस्ता कार्यक्रम ७ लाख १७ करोड डलरको रहेको छ भने बाँकी ५८ करोड ७३ लाख डलरको कार्यक्रम अमेरिकी विकास साझेदारसँगको सहकार्यमा सञ्चालित रहेको छ ।
दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले यूएसएडले विश्वभर दिएको कार्यक्रम रोक्ने निर्णय गरेसँगै नेपाललाई दिने आर्थिक सहयोग पनि स्थगित भएको छ ।
यूएसएडले नेपाललाई उपलब्ध गराउने कार्यक्रम अहिले ९० दिनको लागि स्थगित भएसँगै यूएसएड स्रोततर्फ कुनै दायित्व सिर्जना नहुने र नयाँ दायित्व सिर्जना हुने गरी काम समेत गर्न नपाइने भएको छ ।
यूएसएडले नेपाललाई स्वास्थ्य, कृषि, शिक्षा र समावेशी नीति सम्बन्धी प्रत्यक्ष वित्तीयकरण परियोजनाका लागि अनुदान दिँदै आएको थियो । यस्तै यूएसएडले नेपालमा बैंकिङ र वित्तीय क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरूमार्फत सहयोग प्रदान गर्दै आएको छ ।
यसको मुख्य उद्देश्य वित्तीय समावेशीकरण प्रवद्र्धन गर्ने, साना तथा मझौला उद्यमलाई सशक्त पार्ने, तथा आर्थिक स्थायित्व कायम राख्ने रहेको छ ।
USAID को मुख्य कार्यक्रमहरू बैंक तथा वित्तीय क्षेत्रमा
१. वित्तीय समावेशीकरण
ग्रामीण तथा पिछडिएका समुदायहरूलाई बैंकिङ प्रणालीमा समावेश गराउने
डिजिटल वित्तीय सेवाहरू (मोबाइल बैंकिङ, क्युआर कोड भुक्तानी) को विस्तार
महिला, साना किसान, र लघु उद्यमीहरूको वित्तीय पहुँच वृद्धि
२. साना तथा मझौला उद्यम वित्तीय सहायता
यूएसएडले नेपालका बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरी साना व्यवसायका लागि कर्जा सुविधामा सहयोग गर्दै आएको छ ।
व्यावसायिक विकास तालिम, कर्जा पहुँच सहज बनाउने कार्यक्रम
कृषि, पर्यटन, तथा ऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्ने पहल
३. बैंकिङ प्रणाली सुधार र जोखिम व्यवस्थापन
नेपाल राष्ट्र बैंकसँग सहकार्य गरी नियमन तथा नीति सुधार गर्दै आएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्दै आएको छ ।
वित्तीय धोका Fraud तथा साइबर सुरक्षासम्बन्धी सचेतना कार्यक्रम
४. जलवायु वित्त
दिगो वित्तमार्फत हरित ऊर्जा तथा वातावरणमैत्री परियोजनाहरूमा लगानी
बैंक तथा वित्तीय संस्थाहरूलाई हरित कर्जा वितरणमा प्रोत्साहन
USAID का नेपालमा प्रमुख परियोजनाहरू
२.१. USAID Nepal Economic Growth Project नेपालमा आर्थिक वृद्धिलाई टेवा दिने उद्देश्यले वित्तीय सेवा सुधार गर्ने
स्थानीय व्यवसाय तथा उद्यमशीलता प्रवद्र्धन
२.२.USAID Development Credit Authority -DCA Program
बैंकहरूलाई लघु उद्यम र स्टार्टअपहरूलाई ऋण दिन प्रोत्साहन गर्ने
कर्जाको जोखिम व्यवस्थापनमा बैंकहरूलाई सहायता गर्ने
२.३. USAID Green Finance Initiatives
बैंकहरूलाई जलवायु अनुकूल लगानी गर्न उत्प्रेरित गर्ने
हरित परियोजनाहरू (सौर्य ऊर्जा, जलविद्युत्, जैविक कृषि) मा वित्तीय पहुँच बढाउने
३. USAID को बैंकिङ क्षेत्रमा प्रभाव
ग्रामीण भेगका लाखौं जनतालाई बैंकिङ पहुँचमा ल्याएको छ ।
महिला उद्यमशीलता प्रवद्र्धन गर्न वित्तीय सहायता उपलब्ध गराएको छ ।
डिजिटल बैंकिङ तथा लघुवित्त संस्थाहरूलाई प्रविधिमा सुधार गर्न सहयोग गरेको छ ।
USAID ले नेपालको वित्तीय प्रणाली सुधार, बैंकिङ पहुँच विस्तार, तथा हरित वित्त प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। यसको विभिन्न कार्यक्रमहरूले बैंकहरूलाई वित्तीय समावेशीकरण, लघु व्यवसाय प्रवद्र्धन, तथा दिगो विकासको लक्ष्य पूरा गर्न मद्दत पुर्याउँदै आएको छ।