February 4th, 2025

रोजगारीका लागि आवेदन दिएकालाई विवरण सच्याउन राष्ट्र बैंकको आग्रह

बैंकिङ खबर/ राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दे बैंकमा करारतर्फ रिक्त रहेको इन्जिनियर पदमा आवेदन दिनेहरुलाई थप कागजात पेस गर्न र विवरण सच्याउन आग्रह गरेको छ ।केन्द्रीय बैंकले आवेदन दिएकामध्ये २७ जनाको कागजात अपुग रहेकाे जनाएकाे छ ।

राष्ट्र बैंकले अनलाइनमार्फत दरखास्त फाराम भरेकाहरूको कागजात अपुग रहेको जनाउँदै थप कागजात पेस गर्न र विवरण सच्याउन आग्रह गरेको हो ।

केन्द्रीय बैंकद्वारा जारी सूचनामा भनिएको छ,‘ मिति २०८१/१०/०७ मा प्रकाशित विज्ञापनमा पेश भएका देहायबमोजिमका दरखास्त फारामहरुको कागजात तथा विवरणहरु पूरा नभएको/सम्बन्धित पदसँग मिल्ने नदेखिएकोले मिति २०८१/१०/२८ गतेसम्म आफ्नो अनलाइन पोर्टलमा लगइन गरी उक्त पोर्टलमा उल्लेख भए बमोजिमको आवश्यक कागजात एवम्विवरण पेश गर्नुहुन जानकारी गराइन्छ ।’

साथै, सम्बन्धित आवेदन फाराममा उल्लेख गरिएका विवरण वा कागजात तोकिएको मितिभित्र पेस नभएमा दरखास्त फाराम स्वतः अस्वीकृत हुने राष्ट्र जनाएको छ । राष्ट्र बैंकले गत फाराम सच्याउने म्याद माघ २८ गतेसम्मलाई तोकेको छ ।

redrafted-engineer