Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बढ्न थाल्यो कर्जा प्रवाह

admin २०८१ माघ २० गते
सेयर:

बैंकिङ खबर/ पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा गिरावट देखिएको छ भने कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको माघ १४ गतेको तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा ६७ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप रहेको छ। अघिल्लो दिन ६७ खर्ब ६ अर्ब निक्षेप रहेको थियो ।

सोही समयमा वाणिज्य बैंकहरूबाट निक्षेप संकलन पनि घटेको छ । माघ १३ गते ५९ खर्ब ७३ अर्ब संकलन गरेका वाणिज्य बैंकहरूले भोलिपल्ट ५९ खर्ब ७१ अर्ब संकलन गरेका छन् ।

यस्तै, सो अवधिमा कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको छ । माघ १३ गते ५४ खर्ब १३ अर्ब कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

सो अवधिमा वाणिज्य बैंकहरूले गर्ने कर्जा प्रवाह पनि बढेको छ । माघ १३ गते ४७ खर्ब ९९ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले १४ गते ४८ खर्ब ३ अर्ब रुपैयाँ रकम बराबरको कर्जा प्रवाह गरेका छन् ।

यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ४९ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।