January 31st, 2025

युरोपेली केन्द्रीय बैंकद्वारा ब्याजदरमा २५ प्रतिशत कटौती

बैंकिङ खबर/ युरोपेली केन्द्रीय बैंक(इसिबी) ले प्रमुख ब्याजदरमा २५ प्रतिशत अंकले कटौती गर्ने भएको छ । ब्याजदर कटौतीपछि निक्षेप सुविधा, मुख्य पुनर्कर्जा सञ्चालन र सीमान्त कर्जा सुविधाको ब्याजदर घटाएर क्रमशः २.७५ प्रतिशत, २.९ प्रतिशत र ३.१५ प्रतिशतमा झार्ने इसिबीले जनाएको छ ।

मुद्रास्फीतिको दृष्टिकोणको अद्यावधिक मूल्याङ्कन, अन्तर्निहित मुद्रास्फीतिको गतिशीलता र मौद्रिक नीति प्रसारणको शक्तिमा आधारित रहेर ब्याजदर घटाउने निर्णय भएको हो ।

मुद्रास्फीतिलाई दिगो रूपमा मध्यम स्तर अर्थात् २ प्रतिशतमा ल्याई आफ्नो जिम्मेवारीलाई पछ्याउन कटिबद्ध रहेको दोहो¥याउँदै इसिबीले आफ्नो भविष्यको मौद्रिक नीतिहरू निर्धारण गर्न आफ्नो तथ्याङ्क र बैठकको समीक्षा र दृष्टिकोणमा अडिग रहने कुरामा जोड दिएको छ ।

‘यूरोपेली अर्थतन्त्रले अझै पनि सङ्कटको सामना गरिरहेको छ तर बढ्दो वास्तविक आय र प्रतिबन्धात्मक मौद्रिक नीतिको क्रमशः लोप हुँदै गएको प्रभावले समयको साथ माग वृद्धिलाई सहयोग गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।