बैंकिङ खबर/ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले पर्यटन क्षेत्र अझैपनि उकासिन नसकेको बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको विशेष अन्तरक्रिया उनले भने, ‘पर्यटन क्षेत्र अझै पनि कोभिड अगाडि जस्तो छैन । यस वर्षलाई हामीले सर्भाइवल वर्षका रुपमा लिएका छौं । यो क्षेत्र अझै पनि चुनौतीकै फेजमा छ ।’
पयर्टक संख्यात्मक रुपमा बढेपनि गुणात्मक रुपमा भने घटेको उनले बताए । उनले भने, ‘संख्यात्मक रुपमा १२ लाख पर्यटक आएपनि गणात्मक रुपमा भने आउन सकेका छैनन । यसले हामीले आर्थिक रुपमा ठूलो फरक पाएका छौं ।’
सन् २०२५ लाई सर्भाइवल इएर र २०२५ लाई रिभाइवल इएर र सन् २०२६/२७ लाई थ्राइवल इयरका रुपमा लिइएको उनले बताए । कोभिडपछि धेरै फ्लाइटहरु कटौती भएको र त्यसले गर्दा फ्लाइ कस्ट बढेको उनले बताए । राज्यले पर्यटन क्षेत्रलाई वर्न नगरेको उनले बताए ।
मौसम बिग्रिएर खुलेपछि अवको अवस्था के भन्ने बारे सरकारले जानकारी नदिँदा समस्या भएको उनले बताए । उनले भने, ‘मौसम खुलेपछिको अवस्थाका बारेमा गाइट र कम्पनीको पहुँच कति छ भन्नेमा भर पर्छ । सरकारले नै भेदभाव गरेको छ ।’
पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय कनेक्टिभिटी हाम्रो चुनौती रहेको पनि उनले बताए । यस्तै उनले सोलुखुम्बुलाई पर्यटन क्षेत्रसँग अलग गर्ने कल्पना पनि गर्न नसक्ने बताए । हामीसँग भएको एयरपोर्टहरु २०÷३० वर्ष अघि बनाइएको भन्दै अहिले त्यसको अर्थपूर्ण नभएको उनले बताए । उनले पर्यटन क्षेत्रमा ठूला एयर पोर्टहरु बनाउनुपर्ने बताए ।
उनले भने, ‘अहिले १५ जना उड्नुपर्ने अवस्था छ । त्यहि पनि सुरक्षित नहुँदा समस्या छ । पर्यटन क्षेत्रमा सहुलियरत ऋण र होटल प्रवद्र्धनमा जोड दिनुपर्ने उनले बताए ।
पर्यटन क्षेत्रले अर्थतन्त्रमा अत्यन्तै ठूलो योगदान दिन सक्ने उनले बताए । अहिले युवा दिनमा १५ सय विदेशीएका छन् । पर्यटन क्षेत्रको प्रर्वद्धनबाट नेपालमै उनीहरुलाई रोक्न सकिने उनको भनाइ थियो ।




