Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अब ऋण असुल्न लघुवित्तले कठोर विधि अपनाउन नपाउने

२०८१ माघ १ गते

बैंकिङ खबर/ वित्तीय संस्थाले ऋण असुली गर्दा कुनै पनि किसिमको अपमानजनक एवं कठोर विधि अपनाउन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरेको ‘एकीकृत निर्देशन, २०८१’ ले यस्तो व्यवस्था गरेको हो ।

त्यसैगरी, बचत लिँदा बचतको ब्याजदरसमेत ग्राहकलाई लिखित रूपमा जानकारी गराउनुपर्ने र ग्राहकको सहमति नलिई उसको खाताबाट कुनै रकम कट्टा गर्न नपाउने व्यवस्था एकीकृत निर्देशनमा उल्लेख छ । लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई उपलब्ध गराउने सेवासम्बन्धी जानकारी वा सूचनामा प्रयोग गरिने भाषा सरल र स्पष्ट हुनुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ । त्यसैगरी, लघुवित्तले ग्राहकसँगको कारोबारमा प्रयोग हुने कागजात ग्राहकले सजिलै पढ्न वा बुझ्न सकिने बनाउनुपर्ने पनि निर्देशन छ ।