December 8th, 2016

२० प्रतिशत बोनस सेयर जारी गर्न भार्गव विकास बैंकले पायो अनुमति

Bhargavभार्गव विकास बैंक लिमिटेडका सेयरधनीले २० प्रतिशत बोनस सेयर पाउने भएका छन् । बोनस सेयर जारी गर्न बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको जनाएको छ । भार्गवले गत आर्थिक वर्षको नाफाबाट उक्त अनुपातमा बोनस सेयर जारी गर्न लागेको हो । बैंकले गत आर्थिक वर्षमा २ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कर प्रयोजनका लागि बैंकले १.०५ प्रतिशत नगद लाभांश समेत दिनेछ । उक्त बोनस सेयर र नगद लाभांश आगामी वार्षिक साधारण सभाबाट पारीत गरि वितरण गरिने प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले जानकारी दिए ।

हाल भार्गव विकास बैंकको चुक्तापुँजी १२ करोड रुपैयाँ छ । बोनस सेयर जारी गरेपछि बैंकको पुँजी १४ करोड ४० लाख रुपैयाँ पुग्नेछ । भार्गवले बोनस सेयर जारी गरेपछि कायम चुक्तापुँजीको शतप्रतिशत अर्थात एक बराबर एको अनुपातमा हकप्रद सेयर समेत दिँदैछ । बैंकको आठौँ साधारणसभाले उक्त प्रस्ताव पारित समेत गरिसकेको छ । हकप्रद सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी २८ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।