January 6th, 2025

पोल्यान्डः न्यूनतम पारिश्रमिक अमेरिकाको भन्दा बढी, बैंकरको कति ?


बैंकिङ खबर/युरोपेली मुलुक पोल्यान्डको श्रमिकको न्यूनतम ज्याला पहिलोपटक अमेरिकाको संघीय न्यूनतम ज्यालाभन्दा बढी भएको छ ।
१ जनवरी २०२५ बाट पोल्यान्डमा न्यूनतम ज्याला करसमेत पोलिस ज्लौटी ३०.५ प्रतिघण्टा पुगेको छ । यो हालको अमेरिकी विनिमय दरअनुसार ७.३७ डलर हो। अमेरिकाको संघीय न्यूनतम ज्याला ७.२५ डलर प्रतिघण्टा रहेको छ। यद्यपि, अमेरिका राज्यहरूले आफ्नै न्यूनतम ज्याला तोकेका छन्।

सामान्यतः पोल्यान्ड सरकारले प्रत्येक वर्षको १ जनवरीबाट श्रमिकको न्यूनतम पारिश्रमिक बढाउँछ । तर यस वर्ष पोल्यान्ड सरकारले रोजगारदाता र ट्रेड युनियनसँगको छलफलबाट जुलाई र हाल गरी दुईपटक न्यूनतम पारिश्रमिक बढाएको छ।

पोलिस ट्रेड युनियनले यो ज्याला वृद्धिलाई श्रमिकहरूको ’विजय’ भन्दै स्वागत गरेको छ। सरकारले यस ज्याला वृद्धिलाई अमेरिकाको भन्दा उच्च भनेर घमण्ड गर्न सक्ने भन्दै यसमा सावधानी अपनाउन पनि अपिल गरेको छ।

कोभिड महामारी र त्यसपछिको रुस–युक्रेनको युद्धपछि विगत ५ वर्षदेखि पोल्यान्ड सरकार ज्याला वृद्धि गर्न सफल छ । यस वर्ष भएको श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि अन्य युरोपेली संघका देशको तुलनामा बढी हो।

बैंकरको तलब कति छ ?

पोल्याण्डमा काम गर्ने बैंक प्रबन्धकले सामान्यतया प्रति वर्ष लगभग एक लाख ८३ हजार ६ सय पोलिश अर्थात् नेपाली ६० लाख ८२ हजार ५ सय ३१ रुपैयाँ पाउँछन् । यो लगभग ९३,६०० पोलिश न्यूनतम औसत तलबदेखि २७९,४०० पोलिशको उच्चतम औसत तलबसम्म हुन सक्छ ।

यस्तै एउटा बैंकरले पोल्याण्डमा मासिक पोल्याण्डमा बैंकरको लागि औसत मासिक ३,६०० पोलिश सम्म तलब लिन्छ । बैंकरहरुको तलब अनुभव, स्थान, सीप र लिङ्गको आधारमा फरक– फरक हुने गर्दछ ।