Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरूको ऋण गुणस्तर जाँच्ने प्रक्रियाः आशय पत्र पेस गर्ने समय थप

२०८१ पुष २२ गते

बैंकिङ खबर/ १० वटा वाणिज्य बैंकको सम्पत्ति (ऋण) को गुणस्तर जाँच (एलपीआर) गर्न परामर्शदाता छनोट प्रक्रियाः आशय पत्र पेस गर्ने समय थप आशय पत्र पेस गर्ने समयावधि थप गरिएको छ।
नेपाल राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै नेपालमा सञ्चालनमा रहेका १० ठुला वाणिज्य बैंककाे लाेन पाेर्टफाेलियाे समीक्षा (एलपीआर) प्रकियामा आशय पत्र पेस गर्ने अवधि एक हप्ता थप गरिएकाे जानकारी दिएकाे हाे ।

अब योग्य परामर्शदाताले पुस २९ गतेसम्म आशय पत्र पेस गर्न सक्नेछन् । यसअघि पुस २२ गतेसम्म आशय पत्र पेस गर्न सकिने समय सीमा तोकिएको थियो।

बाह्य मूल्याङ्कनकर्ता छनोट गर्दा व्यक्ति वा संस्थाको योग्यतालाई ५० अंक, अनुभवलाई ४० अंक तथा क्षमतामा १० अंकसम्म प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ। दोस्रो चरणमा छनोट हुनका लागि कम्तीमा ६० अंक प्राप्त गर्नुपर्ने प्रावधान छ।