December 18th, 2024

बैंकहरुमा थप्रियो लगानीयोग्य रकमः १ खर्ब रकम तान्दै राष्ट्र बैंक

बैंकिङ खबर/कर्जायोग्य रकम (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब रुपैयाँ तान्ने भएको छ।

राष्ट्र बैंकले निक्षेप संकलन नामक मौद्रिक औजारमार्फत १ खर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो। बैंकले निक्षेपमा राख्न चाहने बैंक तथा वित्तीय संस्थाहरुलाई थोरै १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने रकमसहित बोलकबोलमा सहभागी हुन भनेको छ।

राष्ट्र बैंकले मंगलबार नै अनलाइनमार्फत बोलकबोल गर्दै कम ब्याजमा निक्षेप संकलन गर्नेछ। २१ दिने निक्षेपका लागि अहिले बैंकको ब्याज २.९९ प्रतिशत छ। यसैका आधारमा आजको बोलकबोल सुरु हुनेछ। बैंकले आज संकलन गरेको निक्षेप २४ गते सावाँ र ब्याज दुवै भुक्तानी गर्नेछ।

32.DC_-NOtice2081.09.03