December 7th, 2016

सप्तकोसी डेभलपमेन्ट बैंकमा मेनेजरदेखि एसिस्टेन्टसम्मका लागि जागीर खुल्यो

saptakoshiसप्तकोसी डेभलपमेन्ट बैंकले मेनेजरदेखि एसिस्टेन्टसम्म पदका लागि कर्मचारी माग गरेको छ । बैंकले केही संख्यामा मेनेजर/डेपुटी मेनेजर, अफिसर, जुनियर अफिसर, सुपरभाइजर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट, एसिस्टेन्ट/जुनियर एसिस्टेन्ट (माइक्रोफाइनान्स) र जुनियर एसिस्टेन्ट/ट्रेनी माग गरेको हो ।

मेनेजर/डेपुटी मेनेजरका लागि कम्तीमा व्यवस्थापन संकायमा स्नातकोत्तर उतीर्ण, बैंक तथा वित्तीय संस्थाको अफिसर तहमा रहेर पाँच वर्ष काम गरेको र कम्तीमा तीन वर्ष फाइनान्स, क्रेडिट, ह्युमन रिसोर्स तथा अपरेसन डिपार्डमेन्टमा प्रमुख रहेर काम गरेको हुनुपर्नेछ । उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ । 

अफिसरका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण, कम्तीमा चार वर्ष बैंक तथा वित्तीय संस्थाको अपरेसन, क्रेडिट तथा मार्केटिङ क्षेत्रमा काम गरेको र उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

जुनियर अफिसरका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको र कम्तीमा तीन वर्ष बैंक तथा वित्तीय संस्थाको अपरेसन, क्रेडिट तथा मार्केटिङ क्षेत्रमा काम गरेको हुनुपर्नेछ । उमेर ३५ वर्ष (महिलाको हकमा ४० वर्ष) ननाघेको हुनुपर्नेछ ।

त्यस्तै, सुपरभाइजर पदका लागि पनि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको हुनुपर्नेछ । साथमा दुई वर्ष वित्तीय क्षेत्रमा काम गरेको र उमेर ३५ वर्ष (महिलाको हकमा ४० वर्ष) ननाघेको हुनुपर्नेछ ।

सिनियर एसिस्टेन्ट र एसिस्टेन्टका लागि कम्तीमा प्लस दुई ५० प्रतिशत प्राप्तांक ल्याएर उतीर्ण गरेको, दुई वर्ष वित्तीय क्षेत्रमा काम गरेको र उमेर ३५ वर्ष (महिलाको हकमा ४० वर्ष) ननाघेको हुनुपर्नेछ ।

एसिस्टेन्ट/जुनियर एसिस्टेन्ट (माइक्रोफाइनान्स)का लागि पनि कम्तीमा प्लस दुई उतीर्ण गरेको, कम्तीमा दुई वर्ष माइक्रोफाइनान्समा काम गरेको र उमेर ३५ वर्ष (महिलाको हकमा ४० वर्ष) ननाघेको हुनुपर्नेछ ।

जुनियर एसिस्टेन्ट/ट्रेनीका लागि पनि कम्तीमा प्लस दुई ५० प्रतिशत प्राप्तांक ल्याएर उतीर्ण गरेको र उमेर ३५ वर्ष (महिलाको हकमा ४० वर्ष) ननाघेको हुनुपर्नेछ । वित्तीय क्षेत्रमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने समेत बैंकले स्पष्ट पारेको छ । 

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई १४ डिसेम्बर अर्थात मंसिर २९ गतेभित्र मोरङको विराटनगरस्थित कर्पोरेट अफिसको ह्युमन रिसोर्स डिपार्टमेन्टको इमेल ठेगाना vacancy@skdbl.com.np मार्फत आवेदन दिन आह्वान गरिएको छ । थप जानकारी चाहिएमा बैंकको वेभसाइट www.skdbl.cpm.np जिट गर्न सक्नुहुनेछ ।