बैंकिङ खबर/ कृषि, औद्योगिक, व्यवसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुने गरी प्रदान गरिएको कर्जा वा सापटीलाई हायर पर्चेज कर्जा भनिन्छ । बैंक वित्तीय संस्थाका अलावा केही अन्य कम्पनीले समेत नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइ हायर पचृएज कर्जा प्रवाह गरेका छन् ।
हायर पर्चेज कम्पनीले प्रवाह गर्ने कर्जा सम्बन्धी नियामकीय व्यवस्था
हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याज बाहेक अन्य शुल्क(जस्तैः सेवा शुल्क) तथा दस्तुर लिन नपाइने व्यवस्था रहेको छ ।
कर्जा प्रवाह गर्दा धिताको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न सकिन्छ ।
हायर पर्चेज कर्जा दिने कम्पनीले आफूले प्रवाह गरेको कर्जा रकम फिर्ता गर्नका लागि कर्जा भुक्तानी तालिका तयार गरी लागु गर्नुपर्दछ ।