बैंकिङ खबर/ नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध भएका छन् । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतको संस्थाको रूपमा रहेको संघमा आगामी कार्यकालको लागि अध्यक्षमा कोइरालाको एकल उम्मेदवारी परेको हो ।
त्यस्तै, संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका सुरेन्द्र रेग्मी चयन भएका छन् । संघमा अध्यक्ष, उपाध्यक्ष र आठजना सदस्य रहने व्यवस्था छ । बहालवाला पछिल्लो पूर्व अध्यक्षलाई निवर्तमान अध्यक्षको हैसियतमना अध्यक्षपछिको दोस्रो वरियताक्रममा राख्ने गरिएको छ । यसपटकको साधारणसभाबाट अध्यक्षमा कोइराला नियुक्त हुने भएसँगै उक्त पद खाली हुन लागेको हो । सो पदमा सुरेन्द्र रेग्मी चयन भएका हुन् ।
त्यस्तै, नेपाल एसबीआई बैंकका दीपकुमार डे पनि बिदा हुँदैछन् । त्यसबाहेक एक सदस्य अहिले खाली छ । उक्त ठाउँमा नेपाल बैंकका तिलकराज पाण्डे र कुमारी बैंकका रामचन्द्र खनाल निर्विरोध भएका छन् ।
अहिले संघका सदस्य रहेका प्रभु बैंकका अशोक शेरचन, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम बैंकका सञ्जीव मानन्धर, एभरेस्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दर प्रसाद कँडेल हिमालयन बैंकका अशोक राणा कायमै रहनेछन् । उम्मेदवारीका लागि आजसम्म मनोनयन दर्ता गर्ने समय थियो । संघको साधारणसभा बुधबार हुँदैछ ।
को हुन् कोइराला
भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा न. ४ (साविकको सिद्धेश्वर गाबिस–६ मा जन्मिएका कोइरालाले कक्षा २ सम्म स्थानीय दुर्गेश्वर प्राविमा पढेका थिए । अलि परको सिद्धेश्वर माविमा कक्षा ५ सम्म पढेपछि कोइरालाको परिवार झापा बसाइसकेको थियो । कोइरालाले झापाको चन्द्रगढी–६(हाल भद्रपुर नगरपालिका–६) स्थित विरेन्द्र माविबाट कोइरालाले २०४५ सालमा एसएलसी उतिर्ण गरेका हुन् ।
त्यसपछि उनी इञ्जिनियर अमृत साइन्स क्याम्पस(अस्कल)मा भर्ना थए । २०४६–४८ मा आईएससी उतिर्ण भए । मेची बहुमुखी क्याम्पसमा २०४८ देखि २०५१ सम्ममा बिकम पास गरेका छन् । उनले २०४८ देखि २०५२ सालको बिचमा झापा र काठमाडौंमा विभिन्न विद्यालयहरुमा अध्यापनको अनुभव छ ।
२०५६ देखि २०५८ सालमा त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट तर्फबाट एमबिए पास गरेका कोइरालाले नेदरल्याण्डबाट एडभान्स लिडरशिप म्यानेजमेन्टमा डिप्लोमा कोर्ष पनि पुरा गरेका छन् ।