Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

५ खर्ब ३२ अर्ब ३० करोडको अन्तर–बैंक कारोबार

२०८१ पुष १ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा बैंक तथा वित्तीय संस्थामा अल्पकालीन अवधिको लागि हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक मा चालु आर्थिक वर्षको ४ महिनामा अन्तर बैंक कारोबार घटेको देखिएको हो।

चालु आवको चार महिना (साउन– कात्तिक) मा ५ खर्ब ३२ अर्ब ३० करोडको अन्तर–बैंक कारोबार भएको छ । जसमा वाणिज्य बैंकहरुको ४ खर्ब ७० अर्ब २५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ६१ अर्ब ३८ करोड भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १७ खर्ब ४३ अर्ब ९४ करोड र अन्य वित्तीय संस्थाहरुको २ खर्ब १४ अर्ब ८७ करोड गरी कुल १९ खर्ब ५८ अर्ब ८६ करोडको अन्तर बैंक कारोबार भएको थियो। गत आव २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले ४२ खर्ब २६ अर्ब ४८ करोडको अन्तर–बैंक कारोबार भएको थियो ।