December 15th, 2024

निक्षेप र कर्जा दुवै बढ्योः अन्तर बैंक ब्याजदर ३ प्रतिशत

बैंकिङ खबर/ बैंकिङ निक्षेप ४ अर्ब रूपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको अनुसार मंसिर २६ गते बैंकिङ प्रणालीमा ६६ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिन बैंकिङ प्रणालीमा ६६ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको थियो ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संलकन गर्ने निक्षेप संकलन ५ अर्ब अर्ब रुपैयाँले बढेको छ । मंसिर २५ गते ५९ खर्ब ५ अर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाले २६ गते ५९ खर्ब १० अर्ब संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ३ अर्बले बढेको छ । मंसिर २५ गते ५३ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २६ गते ५३ खर्ब २६ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह भने ३ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिन ४७ खर्ब १५ अर्ब रुपैयाँ प्रवाह गरेका वाणिज्य बैंकहरुले मंसिर २६ गते ४७ खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। राष्ट्र बैंकका अनुसार सो समयमा बैंकहरुको औसत सिडी रेसियो ७८.८० प्रतिशत रहेको छ। त्यस्तै, अन्तर बैंक ब्याजदर ३ दशमलव ०४ प्रतिशत कायम भएको छ।