Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पुसमा वाणिज्य बैंकहरुको नयाँ ब्याजदर, कुनको कति ?

२०८१ मंसिर ३० गते

बैंकिङ खबर/ पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने ३ वटाले घटाएका छन् । बाँकी १४ वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

ब्याजदर बढाउने बैंकहरुमा कृषि विकास बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् भने घटाउनेमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।