बैंकिङ खबर/ पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने ३ वटाले घटाएका छन् । बाँकी १४ वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
ब्याजदर बढाउने बैंकहरुमा कृषि विकास बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् भने घटाउनेमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।