बैंकिङ खबर/चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म ५ खर्ब २१ अर्ब ६३ करोड रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा रेमिट्यान्स ९.१ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो।
अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ खर्ब ६८ अर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब २१ अर्ब ४३ करोड रहेको थियो।
यस्तै कुल विदेशी विनिमय सञ्चिति पनि १०.५ प्रतिशतले वृद्धि भएर २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा .६ प्रतिशतले वृद्धि भई २ खर्ब १५ करोड पुगेको छ।
आर्थिक वर्ष २०८१/८२ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Four-Months-data-of-2081.82-1