December 12th, 2024

राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रलाई थप महत्वपूर्ण जिम्मेवारी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले थप महत्वपूर्ण जिम्मेवारी पाएका छन् । गभर्नर महाप्रसाद अधिकारीले मिश्रलाई राष्ट्र बैंकको महत्वपूर्ण विभागहरु हेर्ने जिम्मेवारी थपिदिएका हुन् ।

गभर्नर अधिकारीले बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग र जनशक्ति व्यवस्थापन विभाग मिश्रलाई दिएका हुन् ।