Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रलाई थप महत्वपूर्ण जिम्मेवारी

२०८१ मंसिर २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले थप महत्वपूर्ण जिम्मेवारी पाएका छन् । गभर्नर महाप्रसाद अधिकारीले मिश्रलाई राष्ट्र बैंकको महत्वपूर्ण विभागहरु हेर्ने जिम्मेवारी थपिदिएका हुन् ।

गभर्नर अधिकारीले बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग र जनशक्ति व्यवस्थापन विभाग मिश्रलाई दिएका हुन् ।