December 12th, 2024

सहकारी र लघुवित्तका समस्या समाधान उन्मुखः अर्थमन्त्री

बैंकिङ खबर/ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी र लघुवित्तसँग सम्बन्धित समस्या समाधान उन्मुख रहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभा अर्थ समितिमा अर्थमन्त्री पौडेलले सहकारी नियमनका लागि दोस्रो तहको नियमनकारी निकाय बनाउने सम्बन्धमा निष्कर्षमा पुगिसकेको बताए ।

विगतमा सहकारीलाई स्वनियमनमा छाड्दा बढी समस्या देखिएको उनको भनाइ छ । ‘स्वनियमनको मान्यता भयो, त्यसमै जोड दिएर काम गरियो, यसले समस्या निम्तियो,’ उनले भने, ‘अब एउटा नियमन गर्ने मेकानिज्म चाहिन्छ भन्ने कुरामा स्वयं सहकारीहरू समेत सहमत भएको अवस्था छ । यसले छिट्टै मूर्तरूप लिनेछ ।’