December 11th, 2024

बैंकर्स संघमा चुनावी सर्गमी : यी हुन् अध्यक्षका दाबेदार

बैंकिङ खबर/ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संस्था नेपाल बैंकर्स संघ (एनबीए) मा चुनावी सर्गमी बढेको छ । पुस ३ गते हुने संघको वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि निर्वाचनको मिति नजिकिएसँगै बैंकका सीईओहरु नेतृत्व हत्याउन अग्रसर भएका हुन् ।

एनबीएको भावि नेतृत्वका लागि माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला र प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनबीच खास प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिस्पर्धी मध्येका कोइराला संघको हालको कार्यसमिति उपाध्यक्ष हुन् भने शेरचन यसअघि नै दुईपटक कार्यसमिति सदस्य बनिसकेका छन् । संघको निर्वाचनले एक अध्यक्ष, एक उपाध्यक्ष र तीन सदस्य चयन गर्नेछ ।