December 10th, 2024

स्ट्याण्डर्ड चार्टर्ड बैंकः राणा बने पहिलो नेपाली सीईओ

बैंकिङ खबर/ स्टयान्डर्ड चार्टर्ड बैंकको सीईयोमा पहिलो पटक नेपाली नागरिक नियुक्त भएका छन् । बैंकको कार्यकारी अधिकृत (सीइओ) मा गोरख शमशेर राणा नियुक्त भएका हुन् ।

बैंकका सीईयो अरिनब घोष दस्तिदरको कार्यकाल सकिएपछि डेप्युटी सीइओका रुपमा कार्यरत राणालाई व्यवस्थापनले उक्त जिम्मेवारी दिएको हो ।

राणा १९९४ देखि नै स्टयान्डर्ड चार्टर्ड बैंकसंग आवद्ध छन् । स्टयान्डर्ड चार्टर्ड बैंकको सेयर मुल्य अहिले सबैभन्दा बढी ६४४ रुपैयाँ छ । बैंकमा यसअघि विदेशी नागरिक मात्र सीइओ हुने गरेकोमा यसपटक पहिलो पटक नेपालीले नेतृत्व पाएका हुन् ।

रााणले ग्रिनलेज बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन् । ग्रिनलेज बैंकलाई स्ट्याण्डर्ड चार्टर्ड बैंकले किनेपछि उनी पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा नै काम गर्दै आएका थिए । यसअघि उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत थिए ।

डीसीईओ हुँदा उनले प्रमुख कमर्सियल, कर्पोरेट र संस्थागत बैंकिङ्ग, ग्राहक कभरेजको जिम्मेवारी समेत सम्हालेका थिए । तीन दशक बढी बैंकिङ अनुभव रहेको राणाले एमबिए गरेका छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक तत्कालिन कम्पनी ऐन, २०२१ (संशोधन सहित) बमोजिम वि.सं २०४२ पुस ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा नेपाल ग्रिण्डलेज बैंक लिमिटेडको नामबाट दर्ता भएको हो ।

तत्कालिन वाणिज्य बैंक ऐन, २०३१ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति पाएको यस बैंकले वि.सं २०४२ माघ २४ गतेदेखि सञ्चालनमा आएको हो ।