December 9th, 2024

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरी नपाउने लाभ,सुविधा लिएको आरोपमा अध्यक्षी सिलवालविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरी घिमिरेका अनुसार अध्यक्ष सिलवालले झुट्टा विवरण/व्यहोराको आधारमा कुटनीतिक तथा विशेष राहदानीको सुविधा, लाभ लिएको,नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदामा बहाल रहन नपाउनेमा बहाल रहेको र अध्यक्षको हैसियतले पाउने लाभ,सुविधा लिएको पुष्टि हुन आएकाले उनीविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको हो।

२०८० साउन १५ गतेदेखि हालसम्म लिएको लाभ/ सुविधा ३६ लाख ६२ हजार १५४ रुपैयाँ जफत /असुलको माग गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
प्राधिकरणको अध्यक्षको हैसियतमा उनले ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनुपर्नेमा २०८० साउन १६ गतेबाट ६६ वर्ष प्रवेश गर्दासमेत पदमा बहल रहि पछिल्लो ९ महिनादेखि राष्ट्रसेवक पदको दुरूपयोग गरी लाभ,सुविधा र अधिकारको प्रयोग गरेको अख्तियारको ठहर छ।

o6xPDI