December 5th, 2024

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नेशनल लाईफ इन्स्योरेन्सले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम ”मिट द सिइओ” कार्यक्रम सम्पन्न गरेको छ ।

कर्णाली प्रदेशबााट लक्ष्य पूरा गर्ने सबै अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले मायाको चिनो प्रदान गरेका थिए । स्किममा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफएक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र यस स्किममा छनौट हुने अभिकर्तालाई प्रदेश स्तरिय कार्यक्रम अन्तर्गत सम्मान गरिने कम्पनीको योजाना अनुरुप मधेश प्रदेश,गण्डकी प्रदेश, कोशीप्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न गरिसकेको र सोहीक्रममा कर्णाली प्रदेशकाअभिकर्ताहरुलाई सम्मान गरिएको बताउँदै अव सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिने जानकारी गराए ।

उनले यस स्किमामा नेपालभरबाट तीन सयभन्दा बढी अभिकर्ताहरु छनौट हुन सफलभएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, लगायत विविध पक्षहरुका बारेमा विस्तृत रुपमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।