December 4th, 2024

लघुवित्तमा कर्जा नतिर्नेहरु बढेः धमाधम सूची सार्वजनिक

बैंकिङ खबर/ पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुमा कर्जा लिएर नतिर्नेहरुको संख्या बढ्न थालेको छ । लघुवित्त संस्थाहरुले कर्जा नतिर्नेहरुको सूची धमाधम सार्वजनिक गर्न थालेको छ ।

बुधबार मात्रै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले १२६ जनाको सूची सार्वजनिक गर्दै ऋण कर्जा भुक्तान गर्ने सम्बन्धी ३५ दिने सूचना सार्वजनिक गरेको छ ।

यस्तै स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्जा नतिर्ने एक सय १२ जना ऋणीहरुको सूची सार्वजनिक गर्दै कर्जा भुक्तान गर्न ७ दिने सूचना जारी गरेको छ ।