बैंकिङ खबर/ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटरब्याजीको ट्र्यापमा पर्ने गरेको बताएका छन्।
मंगलवार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बैंकहरूले ऋण नदिँदा उनीहरू ‘डेप्थ ट्र्याप’मा पर्ने गरेको बताए।
उनले वेदैशिक रोजगारीमा गएका श्रमिकहरू ऋणको भारमा पर्ने र बाकसमा फकिर्नुपर्ने गम्भीर स्थिति सिर्जना भएको भन्दै वर्तमान सरकार यसका लागि काम गरिरहेको बताए।
उनले नेपालको श्रमिक बजारमा वर्षेनी पाँच लाख श्रमिकहरू आउने गरेको भए पनि एक लाख श्रमिकलाई मात्र रोजगारी दिनसक्ने अवस्था रहेको उल्लेख गरे।
उनले वैदेशिक रोजगारीको विकल्प आन्तरिक रोजगारी नै भएको बताउँदै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहुन्जेल त्यसलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्ने बताए।