November 24th, 2024

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रियाः अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित

बैंकिङ खबर/ धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तरवार्तामा दुई जना मात्रै उपस्थित भएका छन् । यसअघि अन्तरवार्ता तथा प्रस्तुतीकरणमा छुटेका उम्मेदवारहरू नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागाईँमध्ये अधिकारी र कार्की मात्रै उपस्थित भएका हुन् ।

चापागाईँ भने आज पनि अनुपस्थित रहेको अर्थ मन्त्रालयले जनाएकाे छ । यसअघि बोलाएर स्थगित भएको अन्तरवार्तामा पनि चापागाईँ सहभागी भएका थिएनन् ।

छनोट सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष शिवराज अधिकारी बिरामी भएपछि अन्तरवार्ता स्थगित भएको थियो । अघिल्लो वर्ष पुस २० गतेदेखि रिक्त धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयदेखि अन्योलमा रहँदै आएको छ ।