Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्ड अध्यक्षको छनौट : सूचीमा परेका तीन जनालाई बोलाइयो अन्तरवार्तामा

२०८१ कार्तिक २९ गते

बैंकिङ खबर/ धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन आवेदकलाई अन्तरवार्तामा बोलाइएको छ । छनोट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई मङ्सिर ९ गते बिहान ८ बजेको लागि अन्तरवार्तामा बोलाइएको हो ।

यसअघि असोज १८ गते अन्तरवार्तामा बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो । अर्थ मन्त्रालयले विशेष कारणवश अन्तवार्ता रोक्नुपरेको जानकारी दिएको थियो ।

यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो । छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।

त्यसपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आन्तरिक आदेश दिएको थियो । अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको हो। २०८० पुस २० पछि धितोपत्र बोर्ड अध्यक्षविहीन छ ।