Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मर्ज हुँदै दुई ब्रोकर कम्पनी

२०८१ कार्तिक २८ गते

बैंकिङ खबर/ ब्रोकर कम्पनीका दुई एसोसिएसन मर्ज हुने भएको छ । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपालबीच मर्जरसम्बन्धी सम्झौता हुने भएको छ ।

पहिलेदेखि नै सञ्चालनमा रहेका ५० ब्रोकर कम्पनीहरूको एउटा एसोसिएसन र पछिबाट सञ्चालनमा आएका ४० कम्पनीहरुको छुट्टै एसोसिएसन रहँदै आएको थियो ।

मर्जपछि बन्ने एसोसिएसनको नाम स्टक ब्रोकर एसोसिएसन अफ नेपाल रहने भएको छ ।