
बैंकिङ खबर/ सरकारको आन्तरिक ऋण परिचालनमा सहयोग पुर्याउनका लागि साथै विप्रेषण आय बैंकिङ माध्यमबाट स्वदेशमा भित्र्याउन प्रोत्साहित गर्ने उद्देश्यले नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै आएको छ । वैदेशिक रोजगार बचतपत्रका देहाय बमोजिमका विशेषताहरु हुन्छन् :
- यस्तो बचतपत्र सरकारले निष्कासन गर्ने भएकोले लगानी पूर्ण रुपमा सुरक्षित हुन्छ ।
- ब्याजदर तुलनात्मक रुपमा आकर्षक हुन्छ र ब्याजदर परिवर्तन हुँदैन ।
- घटीमा दश हजार रुपैयाँ र बढीमा सो रकमले भाग गर्दा निःशेष हुने अंकमा कुल निष्कासित रकममामा नबढाइ खदिर गर्न सकिन्छ ।
- आवश्यकताअनुसार त्काल बिक्री गर्न वा बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन सकिन्छ ।




