Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने

२०८१ कार्तिक २५ गते


बैंकिङ खबर/ शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई ८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र बाँकी ५ प्रतिशत दिने भएको हो।

४ अर्ब ७३ करोड चुक्ता पुँजी भएको यो कम्पनीले गत आवमा ४१ करोड ७३ लाख रुपैयाँ विरतरणयोग्य सञ्चित मुनाफा कमाएको थियो। जसबाट १४ करोड २० लाख रुपैयाँबराबरको ३ प्रतिशत बोनस सेयर र २३ करोड ६६ लाख रुपैयाँबराबरको ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ। अब आगामी हुने साधारणसभाबाट पारित गरेपछि सेयरधनीहरुमा उक्त लाभांश वितरण गरिनेछ।