बैंकिङ खबर/ धितोपत्र बोर्डमा हालसम्म ३५ कम्पनीले आइपीओ निष्काशन गर्नका लागि निवेदन दिएका छन् । बोर्डमा पूर्व अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्ति गर्न सकेको छैन । अध्यक्ष नहुँदा काम चलाउ अध्यक्षले आइपीओ स्वीकृतिको काम गर्न सकेका छैनन् । लामो समयदेखि आइपीओ स्वीकृत नहुँदा ३५ कम्पनीहरु आइपीओ अनुमति कुरेर बसेका छन् ।
बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुमध्ये १७ वटा हाइड्रोपावर रहेको छन् भने १८ वटा होटल वा अन्य कम्पनीहरु छन् । ५ कम्पनीहरुले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न लागेका छन् भने अन्य कम्पनीहरुले भने प्रतिकित्ता १ सय रुपैयाँ नै मूल्य तोकेको छ ।
रिलायन्स स्पिनिङ मिल्स
रिलायन्स स्पिनिङ मिल्सले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने तयारी गरेको छ । रिलायन्स स्पिनिङ मिल्सको प्रतिकित्ता ८ सय २०.८० रुपैयाँको दरले आइपीओ जारी हुँदैछ । यो कम्पनीको न्युनतम ५० कित्ताको लागि ४१ हजार ४० रुपैयाँ जम्मा गनुपर्नेछ ।
ह्याम्स हस्पिटल
प्रिमियम मूल्यमा रहेको ह्याम्स हस्पिटलको प्रतिकित्ता २ सय ८८ रुपैयाँले १० कित्ताको २ हजार ८ सय रहेको छ भने शौर्य सिमेन्टको प्रतिकित्ता २ सय ६४.५१ रुपैयाँले २ हजार ६ सय ४५ रुपैयाँ १ पैसा चाहिन्छ ।
मारुती सिमेन्ट
मारुती सिमेन्टको प्रतिकित्ता ३ सय ७७ रुपैयाँले ३ हजार ७ सय ७० रुपैयाँ जोहो गर्नुपर्नेछ भने साथै, जगदम्बा स्टिल लिमिटेडको प्रतिकत्ता ३ सय रुपैयाँ रहेको छ भने १० कित्ता खरिद गर्दा ३ हजार रुपैयाँ जोहो गनुपर्नेछ ।
साथै, अन्य ३० कम्पनीहरुको प्रतिकित्ता १ सय रुपैयाँको दरले १० कित्ताको १ हजार रुपैयाँ पर्छ भने ३० कम्पनीको १०/१० कित्ताको आधारमा एक व्यत्तिले ३ सय कित्ताको ३० हजार रुपैयाँ जोहो गनुपर्छ । उक्त ३५ वटा सेयर खरिदको लागि कूल ४७ हजार ७ सय १५.१ रुपैयाँ आवश्यक पर्दछ ।
डिस मिडिया नेर्टवाक
डिस मिडिया नेर्टवाकले १ करोड ३५ लाख ८४ हजार ९ सय ५५ कित्ता सेयर जारी गर्न लागेको छ । जसबाट कम्पनीले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ ।
याम्बालिङ्ग हाइड्रोपावर
याम्बालिङ्ग हाइड्रोपावरले पनि स्थानीय र सर्वसाधारणको लागि २८ लाख कित्ता अर्थात २८ करोड रुपैयाँको सेयर पाइपलाइनमा रहेको छ ।
एपेक्स हस्पिटालिटी
एपेक्स हस्पिटालिटी लिमिटेडले सर्वसाधारणको लागि २४ लाख कित्ता अर्थात २४ करोड रुपैयाँ बराबरको सेयर जारी गर्दैछ ।
एसवाई प्यानल नेपाल लिमिटेड
एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणको लागि ५२ लाख ३२ हजार ५ सय ४८ कित्ताको ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्दैछ ।
आर्किड होल्डिङ लिमिटेड
आर्किड होल्डिङ लिमिटेडले १ करोड १५ लाख कित्ताको १ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्दैछ ।
विकास हाइड्रोपावर
विकास हाइड्रोपावर कम्पनीको ४४ लाख ५४ हजार ५ सय ५ सय ९६ कित्ताको ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ सेयर स्थानीय वासिन्दा र सर्वसाधारणको लागि निष्कासन गर्ने बोर्डमा आवेदन दिएको छ ।
रिज लाइन इनर्जी लिमिटेड
रिज लाइन इनर्जी लिमिटेडले पनि ५८ लाख ८ हजार २ सय १० कित्ता अर्थात ५८ करोड ४ लाख २० हजार १ सय रुपैयाँ को सेयर निष्कासन गर्न लागेको छ ।
लाफिङ्ग बुद्ध पावर नेपाल
लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडको ६५ लाख ७७ हजार कित्ताको आधारमा ६५ करोड ७७ लाख रुपैयाँको निष्कासन गर्न लागेको छ ।
सौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेड
सौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पनि सर्वसाधारणको लागि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले प्रतिकित्ता २ सय ६४ रुपैयाँ ५२ पैसाको आधारमा १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ताको आधारमा ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार ५ सय ६५ रुपैयाँको सेयर निष्कासन गर्न लागेको हो ।
अन्नपूर्ण केबलकार
अन्नपूर्ण केबलकारको स्थानीय वासिन्दा र सर्वसाधारणको लागि ३१ लाख कित्ताको आधारमा ३१ करोड रुपैयाँ बराबरको निष्कासन गर्न लागेको छ ।
बरुण इन्भेष्टमेन्ट लिमिटेड
बरुण इन्भेष्टमेन्ट लिमिटेड कम्पनीको २४ लाख ७५ हजार कित्ताको आधारमा २४ करोड ७५ लाख रुपैयाँ बराबरको निष्कासन गर्न लागेको छ ।
मारुती सिमेन्ट
मारुती सिमेन्ट लिमिटेडले प्रिमियम मुल्यमा प्रतिकित्ता ८ सय २० रुपैयाँको दरले १ करोड १६ लाख कित्ताको आधारमा ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँको सेयर निष्कासन गर्न लागेको छ ।
कालिञ्चोक हाइड्रोपावर
कालिञ्चोक हाइड्रोपावर लिमिटेडले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि ७ लाख ५० हजार कित्ताको आधारमा ७ करोड ५० लाख रुपैयाँको सेयर जारीको लागि बोर्डको पाइपलाइनमा रहेका छन् ।
स्वस्तिक लघुवित्त वित्तीय
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ८० हजार कित्ताको आधारमा ८० लाख रुपैयाँका आइपीओ पाइपलाइनमा राखेको छ।
हिम रिभर पावर
हिम रिभर पावर लिमिटेडको २६ लाख ६० हजार कित्ताको आधारमा २६ करोड ६० लाख रुपैयाँको आइपीओको लागि बोर्डमा आवेदन दिएको छ।
पियोर इनर्जी
पियोर इनर्जी लिमिटेडको १६ लाख कित्ताको आधारमा १६ करोडको लागि आवेदन दिएको छ।
लोअर इर्खुवा हाइड्रोपावर
लोअर इर्खुवा हाइड्रोपावर लिमिटेड कम्पनीको २८ लाख ५ हजार ७ सय ५० कित्ताको आधारमा २८ करोड ५ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
एकर्ड फार्मास्युटिकल्स
एकर्ड फार्मास्युटिकल्स लिमिटेडको ७ लाख ६ हजार ९ सय ९ कित्ताको आधारमा ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ रहेको छ ।
ट्रेड टावर
ट्रेड टावर लिमिटेडको ११ लाख ५८ हजार ९ सय ८० कित्ताको आधारमा ११ करोड ५८ लाख ९८ हजार रुपैयाँको आइपीओ निष्कानको लागि पाइपलाइनमा रहेको छ।
सानिमा हाइड्रोपावर
सानिमा हाइड्रोपावर लिमिटेडको १४ लाख ७० हजार कित्ताको आधारमा १४ करोड ७० लाख रुपैयाँको आइपीओ निष्कासन गर्न लागेको छ ।
कान्तिपुर टेलिभिजन नेटवर्क
कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले ७ लाख ५० हजार कित्ताको आधारमा ७५ करोड रुपैयाँ बराबरको निष्कानसन गर्न लागेको छ ।
आईएमई लिमिटेड
आईएमई लिमिटेडले १० लाख कित्ताको आधारमा १० करोड रुपैयाँको आइपीओ निष्कासन गर्न लागेको छ ।
भुजुङ हाइड्रोपावर
भुजुङ हाइड्रोपावर लिमिटेडले १४ लाख ५५ हजार कित्ताको आधारमा १४ करोड ५५ लाख रुपैयाँ बराबरको निष्कासनको लागि बोर्डमा आवेदन दिएको छ ।
जगदम्बा स्टील्स
जगदम्बा स्टील्स लिमिटेडले २ करोड ७० लाख कित्ताको आधारमा प्रतिकित्ता ३ सयको दरले ६ अर्ब २ करोड १० लाख बराबरको प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न लागेको छ ।
सोलु हाइड्रोपावर
सोलु हाइड्रोपावर लिमिटेडले २० करोड कित्ताको आधरमा २ अर्ब रुपैयाँको आइपीओ निष्कासन गर्न लागेको छ ।
सान्भि इनर्जी
सान्भि इनर्जी लिमिटेडले ३७ लाख ९० हजार कित्ता सेयरको आधारमा ३७ करोड ९० लाख रुपैयाँको निष्कासन गर्न लागेको छ ।
हिम स्टार उर्जा
हिम स्टार उर्जा कम्पनी लिमिटेडको ११ लाख १९ हजार कित्ताको आधारमा ११ करोड १९ लाख रुपैयाँ रहेको छ ।
रिचेत जलविद्युत
रिचेत जलविद्युत कम्पनी लिमिटेडको ११ लाख ७६ हजार ४ सय ५० कित्ताको आधारमा ११ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको छ ।
होटल फरेस्ट इन
होटल फरेस्ट इन लिमिटेडले ९८ लाख कित्ता सेयरको आधारमा ९८ करोड रुपैयाँ बराबरको रहेको छ ।
माबिलुङ इनर्जी
माबिलुङ इनर्जी लिमिटेड १८ लाख ९० हजार ५३ लाख रुपैयाँ बराबरको रहेको छ ।
टक्सार पिखुवा खोला
टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले ४२ लाख ३० हजार ६ सय ६८ कित्ता सेयरको आधारमा ४२ कारेड ३० लाख ६६ हजार ८ सय रुपैयाँको आधारमा निष्कासन गर्न लागेको छ ।
धर्म खोला हाइड्रो इनर्जी
धर्म खोला हाइड्रो इनर्जी लिमिटेडले ३९ लाख ५० हजार कित्ताको आधारमा ३९ करोड ५० लाख रुपैयाँको निष्कासन गर्न लागेको छ ।
बेनी जलविद्युत
बेनी जलविद्युत आयोजना लिमिटेडको २० लाख ८० हजार कित्ता सेयरको आधारमा २० करोड ८० लाख रुपैयाँको निष्कासन गर्न भएको छ ।