November 8th, 2024

विकास बैंकहरुद्वारा ४ खर्ब ७० अर्ब बढी कर्जा प्रवाह

बैंकिङ खबर/पहिलो त्रैमाससम्म १६ विकास बैंकहरूले ४ खर्ब ७० अर्ब ३८ करोड ६९ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । यो गत वर्षको सोही अवधिसम्मको तुलनामा १ दशमलव १२ प्रतिशत बढी हो । गत वर्ष यस अवधिसम्म यी बैंकहरूले आफ्ना ग्राहकहरूमा ४ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको तथ्याङ्क सार्वजनिक गरेका छन् ।

पहिलो त्रैमाससम्ममा सर्वाधिक कर्जा प्रवाह गर्ने (रकमका आधारमा)मा मुक्तिनाथ विकास बैंक छ । गत वर्षको पहिलो त्रैमाससम्ममा ९२ अर्ब १७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको मुक्तिनाथ विकास बैंकले यस वर्ष सोही अवधिसम्म ९४ अर्ब ७२ करोड ९ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

मुक्तिनाथ विकास बैंकले गत वर्षभन्दा यस वर्ष २ दशमलव ९६ प्रतिशतले कर्जा प्रवाह बढाएको छ । मुक्तिनाथ विकास बैंकपछि गरिमा विकास बैंकले बढी कर्जा प्रवाह गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्म ६६ अर्ब १ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको गरिमा विकास बैंकले यस वर्षको सोही अवधिसम्म ६४ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

पहिलो त्रैमाससम्ममा सर्वाधिक कर्जा प्रवाह वृद्धि गर्नेमा कर्णाली डेभलपमेन्ट बैंक छ । गत वर्षभन्दा यस वर्ष कर्णाली डेभलपमेन्ट बैंकले ११ दशमलव ६२ प्रतिशत बढी कर्जा प्रवाह गरेको हो । गत वर्षको पहिलो त्रैमाससम्ममा ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको कर्णाली विकास बैंकले यस वर्षको सोही अवधिसम्ममा ३ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकले यस वर्ष ११ दशमलव ३० प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्म ४ अर्ब ८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको सप्तकोशी डेभलपमेन्ट बैंकले यस वर्षको सोही अवधिसम्म ४ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

यस वर्ष पाँच कम्पनीको कर्जा प्रवाह गत वर्षको तुलनामा कम भएको छ, जसमा सिन्धु विकास बैंकको सर्वाधिक १७ दशमलव ५४ प्रतिशत घटेको छ । यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ३ दशमलव ५२ प्रतिशत, गरिमा विकास बैंकको २ दशमलव ४२ प्रतिशत, मितेरी डेमलपमेन्ट बैंकको शून्य दशमलव ९६ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको शून्य दशमलव ५६ प्रतिशत कर्जा प्रवाह घटेको छ ।

सिन्धु विकास बैंकले गत वर्षको पहिलो त्रैमाससम्ममा ३ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेकोमा यस वर्षको सोही अवधिमा २ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी मात्र यो कर्जा प्रवाह गरेको हो ।

कुन बैंकले कति प्रवाह गरे कर्जा ?

बैंकको नाम  यस आवको पहिलो त्रैमाससम्म रू. हजारमा  गत आवको पहिलो त्रैमाससम्म रू. हजारमा   फरक प्रतिशत 
मुक्तिनाथ विकास बैंक  94,720,977 92,001,762 2.96
गरिमा विकास बैंक  64,417,292 66,012,140 -2.42
शाइन रेसुङ्गा डेभलपमेन्ट  53,738,864 52,170,668 3.01
नारायणी डेभलपमेन्ट बैंक  47,446,626 49,179,498 -3.52
कामना सेवा विकास बैंक  47,406,711 45,979,607 3.1
लुम्बिनी विकास बैंक  46,787,004 46,328,004 0.99
सांग्रिला डेभलपमेन्ट बैंक  43,474,705 41,964,215 3.6
महालक्ष्मी विकास बैंक  40,936,502 40,433,740 1.24
एक्सेल डेभलपमेन्ट बैंक  10,770,087 10,830,867 -0.56
सप्तकोशी डेभलपमेन्ट बैंक  4,550,893 4,088,680 11.3
ग्रीन डेभलपमेन्ट बैंक  4,100,097 3,945,861 3.91
कर्णाली डेभलपमेन्ट बैंक  3,815,597 3,418,317 11.62
मितेरी डेभलपमेन्ट बैंक  3,602,491 3,637,475 -0.96
सिन्धु विकास बैंक  2,997,911 3,635,747 -17.54
कर्पोरेट डेभलपमेन्ट बैंक  1,332,090 1,263,179 5.46
नारायणी डेभलपमेन्ट बैंक  289,132 275,856 4.81
जम्मा 470,386,979 465,165,61