Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बजारमा करिब १२ प्रतिशतले बढ्यो नगद परिचालन

२०८१ कार्तिक १२ गते

बैंकिङ खबर/ बजारमा नगद परिचालन बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को प्रथम त्रैमास (साउन–असोज)सम्मको तथ्यांकबाट यस्तो देखिएको हो।

तथ्यांकअनुसार असोजसम्म बजारमा ७ खर्ब ६१ अर्ब ३१ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। यो ३ महिनाको अवधिमा नगद परिचालन ११.९५ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको २ महिनामा सरकारी कोषको आकार १३७.०७ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ६३ अर्ब ९५ करोड रुपैयाँ थियो। भदौसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ५१ अर्ब ६१ करोड रुपैयाँको उचाइमा पुगेको छ।

असोजसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब १२ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ५ खर्ब ७२ अर्ब ७ करोड रुपैयाँ थियो।

आईएमएफसँग सम्बन्धित दायित्व ३९ अर्ब २२ करोड ६१ लाख रुपैयाँ रहेको छ।

 

Ad