Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकद्वारा धनतेरसलाई चाँदीको सिक्का बिक्री शुरु

२०८१ कार्तिक १२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री सुरु गरेको छ । बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित सिक्का बिक्री सुरु गरेको टक्सार महाशाखाका उपनिर्देशक पिताम्वर पोखरेलले जानकारी दिए ।

सुनको असर्फि भने मंगलबार एकदिन मात्रै बिक्री गरिने उनले बताए । बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालिनयन, गजलक्ष्मी र गाई मेडालियनको दर २२ सय रुपैयाँ तोकेको छ भने गाई मेडालियन २५ ग्रामको मूल्य ५५ सय रुपैयाँ तोकिएको पोखरेलले बताए ।

सुनको असर्फि नागरिकताका आधारमा एक व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिएर बिक्री गर्ने उनले जानकारी दिए । बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का बिक्री वितरण गर्दै आएको छ ।