Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा प्राधिकरणबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण

२०८१ कार्तिक ८ गते

बैंकिङ खबर/प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन् ।